शनिबार, ९ मंसिर, २०७४

एमाओवादी अध्यक्ष प्रचण्डको सहिद परिवारलाई ५० हजार

Prachand-holi-2072-13काठमाडौं, ८ चैत । एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद परिवारलाई ५० हजार सहयोग गरेका छन । सहिद तथा वेपत्ता परिवारहरुको शिक्षादीक्षाका लागि अक्षयकोष स्थापनार्थ माओवादी कन्चनपुरले सुरु गरेको सहयोग संकलन अभियान अन्र्तगत प्रचण्डले ब्यक्तिगत ५० हजार सहयोग गरेका हुन । एकिकृत माओवादी कन्चनपुरले आजैदेखी पार्टीका नेताहरुबाट सहयोग संकलन अभियान सुरु गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा होली खेलेर अभियानको सुरुवात गरिएको हो । आज र भोलि होली खेल्ने र संकलित रकम अक्षयकोषमा राखीने एकिकृत माओवादी कञ्चनपुर जिल्ला कार्यालय सदस्य सरल भाटले जानकारी दिए ।

सम्बन्धित सामग्री