शनिबार, ९ मंसिर, २०७४

‘मलाई नेपाली हुँ भन्न लाज लाग्छ्’

Untitledअनिश अतित, चैत २०७२ ।  म नेपाली हुँ । मेरो देश नेपाल हो । मेरो परिचय मेरो देश हो । सानो छ मेरो देश तर यहाँ भित्र धेरै जातजाती, भाषा, धर्म, कला, संस्कृती अदृश्य रुपमा लुकेकाछन् । बहुजाती, बहुभाषा, बहुधार्मीक, बहुसांस्कृतिक मेरो देश एउटा साझा फुलबारी हो । मेरो देशमा शान्ति छ । मेरो देश सुन्दर छ । म जन्मिएको माटो यहिँ हो । म यहिँ माटोमा हुर्किए । मेरो अन्तिम इच्छा पनि एउटै छ, म मेरै देशमा मर्न पाउँ, आफनै देशको माटोमा मिल्न पाऊ । मलाई गर्व लाग्छ मेरो देश प्रति, अनि म आफुले आफैलाई महान् ठान्छु किनकी म नेपाली हुँ अनि नेपालमा जन्मिएको छु । यहि देशमा शान्तिको प्रतिक मानिने गौतम बुद्ध जन्मिए । सीता, भृकुटी पनि यही माटोमा नै जन्मिए । सच्चा राजनेता गणेशमान र वि.पी. पनि यही माटोमा जन्मिए । वीर सहिदहरु पनि यो जन्म भूमीमानै जन्मिए ।  प्रकृतिले मेरो देशलाई श्रृंगार्न कुनै कसुर बाकीँ राखेको छैन । प्रकृतिले भरीपुर्ण छ मेरो देश नेपाल । बिहानीको पारिलो घाँममा हिमाली पाखाँ फर्किदा आफ्ना सेता दातँ देखाएर हिमाल मुस्कुराई रहेको हुन्छ । मेरो देशको नशा, नशाबाट बग्ने खोलाहरु मिठो धुन बनाउदै बगिरहेका हुन्छन् । ती खोलानालाहरु बाह्रै महिना अटुटरुपमा बग्ने गर्छन् । हिमालबाट हिउँ पग्लिएर बग्ने झरनाले सारा वन जङगल संगितमय बनाई दिन्छन् । चारकोशे झाडी देखि विश्वको सर्वाेच्च शिखर सगरमाथा पनि मेरै देशमा छ । मेरो देश प्रकृतिको अनुपम उपहार हो । विश्वका लाखाँै, करोडौँ मानिसहरुले हाम्रो देशलाई स्वर्ग मान्ने गर्छन् । वास्तवमा नै मेरो देश स्वर्गको एक टुक्रा हो, जहाँ हामी नेपालीहरु खुसीका साथ बाँचेका छौँ । विश्वमानै छुट्टै पहिचान बनाएको मेरो देश नेपाल । हामी सारा नेपालीहरु आफ्नो देशको सुरक्षाका लागि आफनो जीवन अर्पण गर्न पनि पछाडी हट्दैनाँै, भागेर होईन डटेर सामना गर्ने बानी नेपालीहरुको छ । हामी आफनो देशको लागि रगत, पसिना खुसीका साथ बगाउन पनि तयार छौँ । हामी नेपाली सारा एक जुट भएका मात्रै हाम्रो देश नेपालको अस्तित्व जोगाउन सक्छौँ भन्ने भावनाका साथ हातमा हात मिलाई हामी अगाडि बढ्छौँ ।
हो, म मान्छु मेरो देश गरिब छ । तर गरिब भएको कारणले गर्दा आजसम्म पनि हामी नेपालीहरु कसैको दैलो ढक्ढकाउन गएका छैनौँ । हामी महान् नेपालीहरु आफ्नो मिहिनेत र पसिनाको कमाई मात्रै हात थापेर लिन्छौँ । मेरो देश आर्थिक रुपमा विपन्न भएता पनि प्राकृतिकरुपमा सम्पन्न रहेको कुरामा म गर्व गर्छु । मेरो देश नेपाल बहादुरहरुको देश हो । नेपालीहरु विश्वको कुनै पनि कुनामा गएता पनि आफ्नो बहादुरीका साथ बाँच्दछन् । आफनो शीर हामी कहिले झुकाउदैनौँ चाहेँ हाम्रो प्राण किन नजाओस् । प्रत्येक मनुष्यका लागि देश र जन्मभूमी साह्रै प्रिय हुन्छन् । देशबाट टाढिएर परदेश पुगेको अवस्थामा मनमा झल्झली देशको सम्झना आइरहन्छ । जन्मभूमीबाट पनि काम विशेषले वा बाध्यताले गर्दा पराई ठाउँ पुगेको बेला जन्मभूमी प्रतिको मायाँले साह्रै सताउछ । र जन्मभूमिको काखमा पुगेर त्यहाँको माटोमा लुटपुटिन पाए हुन्थ्यो भन्ने छट्पटि तिव्र हुन्छ । जन्म दिने आमा र जन्मिएको ठाउँ स्वर्ग भन्दा पनि प्यारो हुन्छन् ।
नेपाल नरहे नेपालीहरुको अस्तित्व कहाँ रहला त ? नेपालीहरुको राष्ट्रिय अस्तित्व, पहिचान र जातीय अस्तित्व नेपाल राष्ट्रसँग जोडिएको छ । माथि भने जस्तै नेपाल भनेको नै हिमाल, पहाड र तराई मिली बनेको भौगोलीक विविधता पनि हो । नेपाल नेपालीहरुले बनाएको अखण्डित राष्ट्र हो । वीरहरुको देश, प्राकृतिक सौन्दर्यले भरिएको देश, सगरमाथाको देश, स्वर्गको स्वरुप भएको देश, गौतमबुद्ध, सीता र भृकुटीको देश भनेर चिन्ने विश्वले आजभोलि एकाएक वंश हत्याको देश भनेर चिन्ने गर्छन् । शान्ति स्थापना घोषणा हुनु पर्ने देशमा अचानक आरोप, प्रत्यारोपको देश भनेर चिनिरहेका छन् । सुर्यको पहिलो घाँमको किरणको स्पर्श पर्ने मेरो देशमा आज अन्धकार छाउदैँछ । आज म जता हेर्छु फोहोर, मैला धुवाँ, धुलो लथालिङ्ग लाग्छ । यो शहर, यो देश । उजाड उजाड देख्छु यो मौसम, वातावरण अनि प्रकृति । म जहाँ जान्छु त्यहाँ बाधा आईपर्छन् । हरेक ठाउँमा भ्रष्टचार, चोरि डकैती म पाउछु । धारामा पानी थाप्नको लागि म घण्टौ लाईनमा बस्छु तर एक बाल्टिन पानी पाउन मुस्किल पर्छ । चोकको पसलमा ग्याँस किन्नको लागि लाईनमा नै बस्छु तर मेरै पालोमा ग्याँस सकिन्छ । बाईकमा पेट्रोल हाल्न लाईन बस्छु अनि थोरै पाउछु । म हस्पिटलमा लाईन बस्छु, फिल्म हेर्न जादाँ हलमा लाईन बस्छुु, सिफारिस गर्न जादाँ गा.वि.स. लाईन बस्छु, नागरिकता बनाउँन जादाँ पनि लाइन बस्छु आजभोलि त मलाई बानि भैसकेको छ लाईनमा बस्ने । कहिले काहिँ त मेरो दिनहरु लाईन बसेरनै बित्ने गर्छन तर पनि मलाई कुनै प्रवाह छैन किनकी त्यो त मेरो नियती हो र यो देशको नियम पनि हो ।
सडकमा जामले पुरानो नेपालमा जस्तै नयाँ नेपालमा पनि छोडेको छैन । बन्द, हड्ताल र चक्का जामले पछ्याउदै छ । देशको विभिन्न क्षेत्रहरुमा हत्या हिंसा चर्किरहका नै छ । देशमा अन्धविश्वास कायम नै छ । चेलीबेटी बेचबिखन गर्ने गिरोह अझै सक्रिय हुदैछन् । बाढी पहिरोले देशको एक–एक टुक्रा गरी बगाउदै छ भने धन जन र मानविय क्षती उच्च हुदैछ । देश विकसीत होला भनेको त बिग्रदँै छ । हाम्रा पुर्खाले रगत र पसिनाको वलिदान गरेर एकीकरण गरेको देश नेपाल आज विभिन्न तत्वले गरेर विखण्डन हुने दाउँमा छ । हिजो सहयोग गर्ने नेपाली हात तिनै हातहरु आज हतियार समाउदै छन् । गाविसका सचिबहरु गाउँमा भेटिदैनन् आजभोलि, उनीहरुलाई खोज्न त शहर वा सदरमुकाम धाउनु पर्छ । स्वस्थ्य चौकीमा डक्टर भेटिदैनन्, उनीहरुलाई खोज्न राजधानी वा सुविधा सम्पन्न ठाउँमा छिर्नु पर्छ । देश परिवर्तन भएको छ । देशमा, हिजो रातमा मात्रै चोरी हुने ठाउँमा आज दिन दाहाडै चोरी हुन लागेको छ । हिजो फाट्टफुट्ट सुनिने हत्याका घटनाहरु आज दैनिक छापिने समाचार पत्रको मुख्य पृष्ठमा आउने गरेको छ । थोरै सुनिने बलात्कारका कुरा आज दिनमै हुन थालेका छन् । धेरै परिवर्तन भएको छ, देशमा । आजभोलि नेताहरु धनी हुन्दै छन्, रातारात । तर, जनता र देश भने रित्तो रित्तो भएको छ । एक छाकँ खान पनि धौऊ धौऊ परिरहेको छ । नेपाली जनतालाई तर नेताहरु भने करोडाँै रक्सी र डिनरमा खर्च गरिरहेका छन् । आवश्यक परेको समयमा नेपाली जनताले एउटा टाउँको दुखेको क्याप्सल खान नपाईरहेको अवस्थामा नेता भनौदाहरु सामान्य स्वास्थ्य उपचार गर्नका लागी लाखाँै खर्चेर विदेश हुईकि रहेछन् । हो, यही हो परिवर्तन नयाँ नेपालमा अनि यिनै भ्रष्ट नेताहरुको कारणले गर्दा मलाई नेपाली हुँ भन्न लाज लाग्छ ! मेरो देशको अवस्था देखेर पनि म त्यहीँ कुरा दोहोर्याउन चाहान्छु । मलाई मेरो देश प्रति होईन यहाँका शासक प्रति एउटा प्रश्न सोध्न मन लाग्छ के म नेपाली हुँ त ? ए भ्रष्ट नेता हो एक पल्ट मेरो देशको इतिहास राम्रोसँग हेर कस्तो थियो विगतमा मेरो देशकोे अनि तिमीहरुले थाहाँ पाउने छौँ । मलाई आजभालि शंका लाग्न थालेको छ । कतै यी नेता भनौदाहरुले विदेशीलाई मेरो देश त बेचि सकेका छैनन् हँ ?
डाफेँ र मुनाल नाँच्ने डाडाँहरुमा आज बम र बारुद्दका मुस्लो देखिन थालेको छु । लालीँगुरास फुल्ने पाखाँहरुमा आज दाजुभाई लडाई लड्ने गरेकाछन् । एक अर्कालाई सिध्याउने लुकामारी खेल खेलि रहेछन् । खै कहाँ छ शान्ति, के हेर्दै छ शान्तिले मेरो देशको यस्तो अवस्थामा पनि किन मौन छ त्यो शान्ति ? त्यसैले मलाई साँच्चै लाज लाग्छ नेपाली हुँ भन्न । यो कुनै नौलो शब्द पनि त होईन तर पनि नयाँ लाग्दै छ । नेपालको आजको समग्र अवस्था हेर्दा ‘मलाई नेपाली हुँ भन्न लाज लाग्छ’ ।

सम्बन्धित सामग्री