मंगलबार, १० असोज, २०७४

डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, ८ फागुन । डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन् ।

एअर अरेवियाको जहाजमार्फत संयुक्त अरब इमिरेट्स(युएई)को दुबईबाट आज मध्याह्न १२ बजे नेपाल आएका ३५ वर्षीय कश्यप कान्तिलाल पक्राउ परेका हुन् । भन्सार जाँचका क्रममा आधा/आधा किलोको दुईवटा सिक्री र आधा किलोको सुनको बाला लगाएको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले जानकारी दिनुभयो ।

पक्राउ परेका कश्यप भारतको अहमदावाद निवासी भए पनि हाल दुबईमा बस्दै आएका थिए । उनी युएईको राहदानीबाहक हुन् । हिन्दी, अङ्ग्रेजीका साथै नेपालीसमेत बोल्न जान्ने कश्यप यसअघि पनि नेपालमा सुन तस्करीमा संलग्न भएको अनुमान गरिएको छ । उनलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाइएको सापकोटाले बताउनुभयो । यसअघि गत पुस २१ गते भन्सार छलेको करिब साढे ३३ किलो सुनसहित तीन जनालाई प्रहरीले विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो । रासस

सम्बन्धित सामग्री

बिचार/विश्लेषण

को हुन् रोहिंग्या मुस्लिम ?

रोहिंग्या एउटा अल्पसंख्यक मुस्लिम समुदाय हो, जो बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको म्यानमारमा शताब्दीऔँदेखि बसोवास गर्दै आएका छन्

एसियाली आकाशमा कालाे बादल

डा. देवीप्रसाद सुवेदीर यति बेला अमेरिका एसियाका दुई मुलुकसँगको मोर्चाबन्दीमा फसेको छ । मध्य एसियामा अफगानिस्तान र पूर्वी