मंगलबार, २ माघ, २०७४

नेपाल क्रिकेट संघको निलम्बन फुकुवाबारे आईसीसीले चाँडै निर्णय लिनसक्ने

काठमाडौं, ९ फागुन । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले आगामी जुन (जेठ–असार)मा नेपाल क्रिकेट संघ क्यानका निलम्बन फुकुवाबारे महत्वपूर्ण निर्णय लिने सक्ने भएको छ ।

आईसीसीका प्रतिनिधि अमर शेखसहितको टोलीले हालै नेपाल आएर सल्लाहकार समिति र सरोकारबाला पक्षसँग छलफल गरेको छ । यो टोली फर्किए लगतै आईसीसीले आगामी जुनमा हुने बाषिर्क साधारण सभामा नेपालको सदस्यता निलम्बन फुकुवाबारे छलफल गर्ने बताइएको छ ।

यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत काठमाडौंमा हुने नेपाल र केन्याबीचको खेलका क्रममा आईसीसीको टोली फेरि काठमाडौं आउने छ । र, क्रिकेट संघको विधान संशोधन र निर्वाचनको कार्यतालिका तय गर्नेछ ।

आइसीसीका प्रतिनिधिसहित भएको बसेको सल्लाहकार समितिको बैठकले आफ्नो टीओआर तय गरेको छ । अब यो समितिले विधान संशोधनबारे छलफल थाल्नेछ ।

सम्बन्धित सामग्री