बिहीबार, २ कार्तिक, २०७४

मोगादिसुमा कारबम विस्फोट ३९ व्यक्तिको मृत्यु

मोगादिसु, ९ फागुन । सोमालियाको राजधानी मोगादिसुमा आइतबार भएको आत्मघाती बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३९ पुगेको छ ।

उद्धारकार्यमा लागेका उद्धारकर्मीले सोमबार सो जानकारी दिएका छन् । यसै महिनामा नयाँ राष्ट्रपति निर्वाचित हुनु भएयता यो पहिलो ठूलो आक्रमण भएको बताइएको छ ।

मदिना जिल्लाको छिमेकमा पर्ने एक व्यस्त बजारको चौबाटोमा विस्फोटक पदार्थले भरिएको आत्मघाती कारबम आइतबार विस्फोटन गराइएको थियो । आइतबार नै कम्तीमा १४ व्यक्तिको मृत्यु भएको जानकारी अधिकारी तथा प्रत्यक्षदर्शीले दिएका थिए ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन् । तर साधारणतया सोमालियाको सबाब जिहादी समूहले नै यस्तो आक्रमण गराउँदै आएको र नयाँ सरकारको विरुद्ध पनि बारम्बार धम्की दिँदै आएका हुनाले यसै समूहले यो आक्रमण गराएको अनुमान गरिएको छ ।

प्रधानमन्त्री मोहमद अब्दुल्लाही मोहमद निर्वाचित भएपछि सोमालियाको राजधानीमा भएको यो सबैभन्दा ठूलो विस्फोट हो । गत साता शासन हस्तान्तरण भएपछि अल सबाब इस्लामिहरूले अनेकौँ मोर्टार विस्फोट गराएको दाबी गरेका छन् ।

यस आत्मघाती आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३९ पुग्नुको साथै अन्य २७ जना घाइते भएका मोगादिसु आमिन एम्बुलेन्स सेवाका अधिकारीले जानकारी दिएका छन् । रासस /एएफपी

सम्बन्धित सामग्री