शुक्रबार, २९ मंसिर, २०७४

अबैध प्याथोलोजी र क्लिनिक सञ्चालक पक्राउ

दाङ, १६ फागुन । दाङ प्रहरीले अवैध रुपमा प्योथोलोजी सेन्टर र डेण्टल क्लिनिक सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ । प्युठान भिग्री ७ घर भई हाल दाङको लालमटिया ३ मा स्वर्गद्धारी डेण्टल सञ्चालन गरी बस्ने २६ वर्षिय समिर भण्डारी र जाजरकोट भेरीमालिका १० घर भई हाल भालुवाङ बजारमा मौसम प्याथोलोजी सेण्टर सञ्चालन गरी बस्ने २३ वर्षिय गौतम गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक धिरज प्रताप सिंहले जानकारी दिए । अपराध नियन्त्रण तथा अवैध कारोवार नियन्त्रण अन्तरगत जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विषेश अभियान टोलिले उनीहरुलाई पक्राउ गरेको एसपी सिंहले बताए । विना स्वीकृत प्याथोलोजी सेण्टर र डेण्टल क्लिनिक सञ्चालन गरिरहेको र अबैध रुपमा औषधी बिक्री वितरण गरिरहेको आरोपमा कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री