मंगलबार, १० असोज, २०७४

त्रिशुलीमा पानीमाथी लाइभ र्याफ्टिङ कन्सर्ट (भिडियो सहित)

काठमाण्डौँ । संगीतको माध्यमबाट पर्यटन प्रवद्धन गर्ने उदेश्यले त्रिशुली नदीको फिस्लीङ कुरिन्टार खण्डमा र्याफ्टिङ सहितको म्युजिक कन्सर्ट गरिएको छ ।  विश्वमै पहिलोपटक पानीमाथी लाईभ कन्र्सट गरिएको हो । पानीमाथी लाईभ कन्सर्टमा पर्यटन व्यावसायी, कलाकार, पत्रकार, स्थानीय लगायत गरी १६८ जना सहभागी थिए ।  त्रिशुली नदी र्याफिटिङ् सुरक्षित छैन भनी फैलिएको भ्रम चिर्न अभियान सफल भएको आयोजक माउन्टेनियरिङ कल्चर एक्पिडिसन नेपाल एमएमसीले दावी गरेको छ । अभियानका संयोजक इन्सु राईले नदीको पर्यावरणमा पनि सरोकारवालाहरुको ध्यानाकर्षण गराउन सफल भएको बताए ।  ४५ मिनेट कन्सर्ट गर्ने योजना अनुसार सफल भएको र अब गिनिज वल्ड रेकर्डका लागि औपचारिक कार्यक्रम केही दिनमै गर्ने जनाइएको छ । पर्यटनका लागि संगीत भन्ने नाराका साथ आयोजिक कन्सर्टमा इन्सु राई, धिरज राई, विजय लामा, मनिषा पोखरेल, टार्जन लिम्बु, बालकुमार श्रेष्ठ, डिजे विमल रेखा पौडेल, कोशिष दाहालले प्रस्तुति गरे । यसअघि अभियानका संयोजक इन्सु राईले मेरा हिमालको ६,४७० मिटर अग्लो चुचुरोमा पुगेर कन्सर्ट गरी गिनिजमा नाम लेखाउने प्रयास गरेका थिए ।नेपाल खाद्य बैंकको मुख्य प्रायोजनमा भएको कार्यक्रमलाई नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सी, त्रिशुली बचाउँ महाअभियान, नेपाल आइस बियर लगायतले स–हप्रायोजन गरेको थियो । त्रिशुली बचाउ महाअभियान धादिङ्, प्राकृतिक सम्पदा संरक्षण समिति लगायतका स्थानिय संघसंस्थाले पनि नदि संरक्षणमा जोड दिँदै आएका छन् ।स्थानिय प्रशासनले ढुङ्गा, गिट्टि, वालुवा लगायतका नदीजन्य बस्तु उत्खननमा रोक लगाएपनि रातीको समयमा नरोकिएको स्थनियको आरोप छ । त्रिशुलीलाई सम्पदा नदीको रुपमा घोषणा गर्न, बजार तथा औद्योगिक फोहोरलाई ब्यवस्थापन गर्न, उत्खनन तथा दोहन नियन्त्रण गर्न, पर्यावरणको सुरक्षा गर्न,नदीलाई धार्मिक ऐतिहासिक तथा पर्यटकिय महत्वको रुपमा विकास गर्न माग गर्दै आएका छन् । टोलीलाई त्रिशुली बचाउ तथा प्राकृतिक समपदा संरक्षण समितिले धादीङ्को मलेखुमा स्वागत गरेको थियो । कार्यक्रम र्यालीमा परिणत भएको थियो । त्रिशुली संरक्षणवादी अभियन्ताहरु एक हौँ, पानी हाम्रो जिन्दगानी, दलिय प्रशासनिक मिलेमत्तोमा हुने नदीजन्य भ्रष्टाचार अन्त्य गरौँ जस्ता नारा लेखिएका पर्चा पम्प्लेट बोकेका थिए ।

सम्बन्धित सामग्री

बिचार/विश्लेषण

को हुन् रोहिंग्या मुस्लिम ?

रोहिंग्या एउटा अल्पसंख्यक मुस्लिम समुदाय हो, जो बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको म्यानमारमा शताब्दीऔँदेखि बसोवास गर्दै आएका छन्

एसियाली आकाशमा कालाे बादल

डा. देवीप्रसाद सुवेदीर यति बेला अमेरिका एसियाका दुई मुलुकसँगको मोर्चाबन्दीमा फसेको छ । मध्य एसियामा अफगानिस्तान र पूर्वी