बिहीबार, २ कार्तिक, २०७४

नर्वे विश्वकै सबैभन्दा खुशी देश

चैत ७, काठमाडौँ । युरोपेली देश नर्वे विश्वकै सबैभन्दा खुशी देश बनेको छ । संयुक्त राष्ट्रसंघको विश्व खुशी प्रतिवेदनमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुशी देश बनेको हो । यसपछि आइसल्यान्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्ड खुशी मुलुकको सूचीमा परेका छन् । यो सूचीमा अमेरिका १४औं र ब्रिटेन १९ औं स्थानमा छन् । मध्य अफ्रिकी मुलकहरु भने सूचीको सबैभन्दा पुछारमा परेका छन् ।

पश्चिमी युरोप र उत्तर अमेरिकी मुलुकले सूचीको अगाडिका स्थानहरु ओगटेका छन् । देशको प्रतिव्यक्ति आय, सामाजिक सहयोग, आयु, स्वतन्त्रता, सदासयता, भ्रष्टाचारको अवस्थाजस्ता सूचकलाई खुसी मापकको मानक मानिएको थियो । विगत पाँच वर्षयता विश्व खुशी दिवस मार्च २० को अवसर पारेर राष्ट्रसंघले खुसी मुलुकहरुको सूची सार्वजनिक गर्ने गरेको छ ।

सम्बन्धित सामग्री