सोमबार, ७ साउन, २०७५

काकरभिट्टा गोल्डकपको नाफा सात लाख

चैत ७, काँकरभिट्टा । मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप २०७३ दोस्रो संस्करणको आय व्यय विवरण सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । काँकरभिट्टा फुटबल टे«निङ सेन्टरले गत पुस १६ देखि २३ गतेसम्म काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालन गरेको हो । प्रतियोगिता आयोजक सेन्टरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सेन्टरका कोषाध्यक्ष पेमा नोबु शेर्पाले कुल ३९ लाख २३ हजार ४ सय ६३ रुपैयाँ आय र ३१ लाख ८७ हजार ८० रुपैयाँको व्यय प्रस्तुत गरेका छन् । कोषाध्यक्ष शेर्पाद्धारा प्रस्तुत आय व्यय प्रतिवेदनमा ७ लाख ३६ हजार ३ सय ८३ रुपैयाँ बचत रहेको उल्लेख छ । सो रकम सेन्टरले प्रत्येक वर्ष आयोजना गर्दै आएको सिटी लिग फुटबल प्रतियोगिता, अन्तर मावि स्तरीय, वडा स्तरीय प्रतियोगिता र सेन्टरले उत्पादन गरेका साना खेलाडीहरुलाई खेलकुद सामग्री खरिदमा खर्च हुने सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेतले बताए ।

सम्बन्धित सामग्री