शनिबार, ९ मंसिर, २०७४

प्रधानमन्त्रीको चीन भ्रमण : त्रीदेशिय विकास साझेदारी र रेलवेमा जोड

यहि चैत १० गते विगतका सहमतीको कार्यन्वयन र सम्वन्ध सुदृढ गराउने मुख्य लक्ष्य लिएर चीन गएका प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्य छलफल र भेट सकाए । हतारोमा पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव शंकरदास बैरागी लगायत १५ सदस्यीय टोली लिएर चीन गएका दाहालको भ्रमणले केहि टिप्पणी र पलब्धीहरु हासिल गरेको छ ।

१. निर्वाचनको स्वागत र सहयोग
स्थानीय तहको निर्वाचनका लागि चीनले ९ मिलियन चीनीया युवान अर्थात १४ करोड ४० लाख रुपयाँ सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसंग बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा सोमवार भएको भेटमा चीनका राष्ट्रपति सी जिनपिङ्ले निर्वाचनको स्वागत गर्दै सहयोगकको बचन दिए । भारतले अहिलेसम्म बैशाख ३ज्ञ गतेलाई तय निर्वाचनको स्वागत गरेको छैन् । चीनले सहयोगको समेत बचन दिनुलाई महत्वपुर्ण उपलब्धी ठानिएको छ ।

२. त्रीदेशिय साझेदारी, रेलवे र नाका सुचारु
प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङ्बिच सोमवार भएको भेटमा नेपाल,भारत र चीनका बिचमा गर्न सकिने विकास साझेदारीको अवधाराणाले प्राथमिकता पायो । प्रधानमन्त्री दाहालले यसअघि गोवामा सी जिनपिङ्संग भएको भेटमा पनि यहि अवधारणाबारे छलफल भएका थिए । त्यसैको निरन्तरतामा सोमवार पनि छलफल भए ।
दुई देशका सरकार प्रमुखको भेटमा चीन तातोपानी नाका खोल्न पनिसकारात्मक भएको छ । राष्ट्रपति जिनपिङ्ले नेपाल÷चीन रेलवे लिङ्क जोड्नेबारे प्रधानमन्त्री दाहाललाई आश्वास्त पारे । राष्ट्रपति जिनपिङ्ले नेपाललाई भारतसंग पनि सुमधुर सम्वन्ध राखेर अघि बढ्न पनि सुझाए ।

३. नेपालमा लगानी बृद्धि
चैत १२ गते हाइनान प्रान्तस्थित बोआओ मञ्चको सम्मेलन मार्फत प्रधानमन्त्री दाहालले नेपालमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरे । अन्य उप–प्रधानमन्त्री एवं बिभिन्न भेट तथा कार्यक्रममा पनि उनको सुरक्षित र राम्रो प्रतिफल प्राप्त गर्न सकिने भन्दै लगानी बृढि गर्नमा यहि आग्रह थियो । प्रधानमन्त्री पुष्पकमल आर्थिक,व्यापारिक लगायतका क्षेत्रमा चीनसँग साझेदारी गर्न नेपाल इच्छुक रहेको बताए । उनले बिश्वव्यापीकरणमा समावेशिता मिसाउनुपर्ने सैद्धान्तिक प्रस्ताव अघि सारे । विश्वव्यापीकरणले विश्वमा आर्थिक समृद्धि ल्याएको भएता पनि धेरै समुदाय समृद्धिबाट छुटेको उनको थियो । बेइजिङमा पत्रकारहरुसंग भएको अन्र्तक्रियामा पनि प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति जिनपिङले अघि सारेको अवधारणा अनुसार ‘वान बेल्ट वान रोड’मा सहमतीको प्रयास गरे ।
सम्वन्ध सुधार र नेपालमा लगानी बृद्धि गराउने मुख्य उदेश्यका साथ चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल धेरै हदसम्म सफल भएका छन् । कर्मकाण्डी भ्रमण भनिएपनि चीनीया राष्ट्रपति सी जिनपिङ् संगको भेटमा भएका छलफललाई कम आंक्न सकिन्न ।
विगतका सहमती कार्यन्वयन, नेपाल÷चीन रेलवे लिङ्क, तातोपानी लगायतका नाका सुचारु गर्ने प्रतिवद्धतालाई प्रमुखप्रतिपक्षि एमालेले पनि सकारात्मक भनेको छ । सत्तारुढ माओवादी केन्द्रले महत्वपुर्ण उपलब्धी भन्दै स्वागत गरेको छ ।
जसले जे जस्ता विश्लेषण गरेपनि केहि सन्धि सम्झौता नाईकन पुरानै सम्झौताकै कार्यान्वयनमा जोड दिइएकाले प्रधानमन्त्री स्वदेश फर्किएपछि अघि बढ्ने प्रकृयाले दाहालको चीन भ्रमणको उपलब्धी मापन गर्नेछ ।

सम्बन्धित सामग्री