शनिबार, ९ मंसिर, २०७४

अाज विश्व नृत्य दिवस

हरेक वर्षको अप्रिल २९ तारीखमा संसारभरि विभिन्न कार्यक्रम र प्रस्तुती गर्दै विश्व नृत्य दिवस मनाईन्छ । नृत्य अर्थात सरल भाषामा नाच अनि नाच्नु, मानव सभ्यताको धेरै पुरानो चलनहरुमा नृत्य पनि एउटा चलन हो । नृत्यलाई अझ एकप्रकारको प्रस्तुती या भनौ भाषा भन्दा पनि फरक नपर्ला, यो एउटा अभिब्यक्ति हो । भगवान देखि राक्षस सम्म, वालक देखि वृद्ध सम्म अनि धेरै हदसम्म पशुपक्षीहरुले पनि आफ्नो अनुपम अवस्थालाई अनि अभ्यासलाई नृत्य मार्फत अभिब्यक्त गर्दछन् । जोडी ढुकुर सँगै हुँदाको चाल, मयूरको नाच लगायत थुप्रै रमाईला प्रस्तुती सँगै मान्छेले पनि समुदाय, धर्म, भाषा अनुरुप नृत्य प्रस्तुत गर्दछ । लाखे नाच देखि मारुनी सम्मका वान्की, सोई ढोले सोई देखि अलारुदल सम्मका कम्मरका चलाईहरु अनि अहिलेका आधुनिक हिपहप, ब्रेक डान्स, सल्सा लगायत अन्य थूप्रै नृत्य अभ्यासहरु कतिको रुची, कतिको पेशा अनि कतिको दैनिकी पनि बनेको छ । सन् १९८२ वाट  विश्व नृत्य दिवस मनाउन शुरु गरिएको हाे ।

सम्बन्धित सामग्री