बिहीबार, २ कार्तिक, २०७४

अाज अन्तर्राष्ट्रिय मजदुर दिवस

काठमाडौँ, वैशाख १८ । आज मे १ अर्थात १२५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस, ‘संसारका मजदुर एक हौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी नेपालमा पनि मनाइँदैछ ।
दिवसका अवसरमा विभिन्न राजनितिक दल सम्बद्द युनियनहरुले देशका बिभिन्न ठाउँबाट र्‍याली निकालेर कार्यक्रमको अायाेजना गरेका छन् ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।
१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेको सम्झनामा सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो ।

विश्व मजदुर दिवसमा राष्ट्रपतिको सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण श्रमजीविलाई विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरेकि हुन् ।

प्रत्येक बर्ष मे १ का दिन मनाइने विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरुप लिँदैजाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा गर्दछु भनेकि छिन् ।

सम्बन्धित सामग्री