बिहीबार, २ कार्तिक, २०७४

महिला फुटबलमा चम्किएको नाम उषा भण्डारी

काण्माडौँ,बैशाख । महिला फुटबलको बिकास सगसगै महिला खेलाडीहरुको भिडमा एक उच्च स्तरमा चम्किएको नाम उषा भण्डारी । सर्लाही जिल्लाको ललबन्दी १ मा बाबु नकुल भण्डारी र आमा पुनम भण्डारीको कोखबाट २०४५ साल पुस २२ गते जन्म लिएकी भण्डारीले सर्लाही जिल्लाबाट फुटबल खेलको सुरुवात गरेकी हुन् ।

भण्डारी हाल  सशस्त्र प्रहरीको एपिएफ कल्बबाट व्यावसायीक रुपमा फुटबल खेल्दै आएकी छिन् । नेपालकै बहुचर्चित महिला फुटबल खेलाडी भण्डारीले देश तथा विदेशमा भएका दर्जनौ राष्टिूय तथा अन्र्तराष्टिूय महिला फुटबल प्रतियोगितामा आफ्नो गुणस्तरीय खेलकै कारण  चर्चा बटुल्दै आएकी छिन् ।  उनि एपिएफ कल्बको सर्वाधिक रुचाइएकी महिला फुटबल टिमको मेन डिफेन्स पनि  हुन् ।

आफ्नो जिल्ला हुँदै सशत्र प्रहरी क्लवबाट आफ्ने खेल करिअर सुरु गरेकी भण्डारी १९ औँ राष्ट्रिय महिला फुटबल प्रतियोगिताकि विजेता हुन् । भण्डारी राष्टिूय टिममाको एक महत्वपुर्ण खेलाडी भनेर पनि चिनिने गर्छिन् ।

नेपालको राष्ट्रिय महिला फुटबल टिम र सँगै सशस्त्र प्रहरीको एपिएफ कल्बबाट व्यावसायीक फुटबल खेल्दै आएकी भण्डारीले निरन्तर १४ बर्ष सम्म व्यावसायीक फुटबल खेलेकी छिन् । सर्लाही जिल्लाको लालबन्दी बजार , सँगै मध्यमाञ्चल विकास क्षेत्र देखी विदेशका ठुला सहर सम्म आफ्नो खेल प्रर्दशन गरेर चर्चामा आएकी भण्डारी सशस्त्र प्रहरीको एपिएफ क्लवकी होनाहार महिला खेलाडी हुन् ।

१० औँ राष्ट्रिय महिला फुटवल प्रतियोगिता, क्वीक्स विकास क्षेत्र महिला फुटवल प्रतियोगिता, ५ औँ राष्ट्रिय महिला फुटवल प्रतियोगिता, नवलपरासी जिल्ला फुटवल प्रतियोगिता, छैठौँ राष्ट्रिय महिला फुटवल प्रतियोगिता, फस्ट एनसेल राष्ट्रिय महिला फुटवल च्याम्पियनसिप, फस्ट महिला लिग फुटवल प्रतियोगिता, फस्ट प्रमुख सेना कर्मचारी कप, जानकी गोल्डकप र एघारौँ र चौधौँ एनसेल राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको विजेता हुन् । भण्डारी क्विक्स विकास क्षेत्र महिला फुटबल प्रतियोगिताको सर्वश्रेष्ठ डिफेन्स पनि हुन् ।

अन्तर्राष्ट्रिय स्तरमा सन २०१० मा ११ औँ साउथ एशियन फुटबल कपमा भण्डारीको टिमले रजत जितेकि थियो । सन २०११ मा बङ्गलादेशमा भएको फस्ट साफ महिला च्याम्पियनसिपमा र २०१२ मा श्रीलंकामा भएको  सेकेण्ड साफ महिला च्याम्पियनसिपको पनि रनरअप बिजेता हुन् । त्यस्तै भण्डारीले अन्तर्राष्ट्रिय स्तरका मैत्रीपुर्ण खेलहरुमा पनि सहभागिता जनाएकी छिन् । उनले अन्तर्राष्ट्रियस्तरका मैत्रीपुर्ण खेलहरुमा कतारसंग र कुवेत संग खेलेकि छिन् ।

सम्बन्धित सामग्री