शनिबार, ९ मंसिर, २०७४

भिक्षुदेखि पाइलटसम्म गर्छन् तस्करी,

काठमाडौं,बैशाख २८ । प्रहरी/प्रशासन चुनावी तयारीमा व्यस्त रहेको मौका छोपी ठूलो मात्रामा डलर तस्करी गर्न खोज्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख रुपैयाँबराबरको अमेरिकी डलर र विभिन्न देशका अवैध मुद्रासहित ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूले लामो समयदेखि नेपालबाट डलर तस्करी गर्दै आएको प्रहरीले जनाएको छ ।

महाशाखाको टोलीले सुराकीका आधारमा नागढुंगा चेकपोस्टबाट बुधबार बिहान २५ जना चिनियाँलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमध्ये ६ जनाको साथबाट अवैध विदेशी मुद्रा बरामद भएको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए । पक्राउ पर्नेमा याओ जिनवान, ताङ, युछिङ, झेङ सुयान, झाओ जिनछेन, सी झियुन, लियू छियोमोई छन् ।

भिक्षुदेखि पाइलटसम्म गर्छन् तस्करी
त्रिभुवन विमानस्थलबाट समेत ठूलो मात्रामा डलर तस्करी हुने गरेको छ । तस्करीमा प्रहरीदेखि पालइलटसम्म संलग्न रहेको खुलिसकेको छ ।

गत २८ चैतमा एयरपोर्ट प्रहरीले नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवाले ९३ हजार ६ सय अवैध डलरसहित पक्राउ परेका थिए । उनी धरौटीमा छुटिसकेका छन् । त्यस्तै, गत १० चैतमा चारजना थाइ बौद्ध भिक्षुणी २ लाख ८६ हजार अवैध अमेरिकन डलरसहित पक्राउ परेका थिए । सुटकेसमा लुकाएर गत फागुनमा पनि ४८ हजार अमेरिकन डलरसहित हङकङकी एक महिला पक्राउ परेकी थिइन् । विमानस्थलकै प्रहरीहरूसमेत डलर तस्करीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका छन् नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित सामग्री