बिहीबार, २ कार्तिक, २०७४

हर्नले कान खायो !

प्रकाश वस्याल

काठमाडौं,बैशाख । चुनावि चहलपहल बढेसंगैँ  कावासोतीमा ट्राफिक नियम अल्लङ्गन हुन थालेको छ । चुनावको प्रचारप्रसारमा खटिएका दलहरुले बसको छतमा कायकर्ता भरेर  प्रचारका लोको देखीएको छ । साथै सवारी साधनमा  क्षमता भन्दा बढी कायकर्ता भरेर नगर परिक्रमा गरेको देखीएको छ ।

 त्यस्तै मोटरसाईकलमा पनि चार जनासम्म राख्ने  गरेको गरे जनाईएको छ । मोटरसाईकल चलाउदा हेल्मेटको प्रयोग पनि न्युन देखीएको स्थानियले बताएका छन् । यस्तै र्यालीमा आवस्यकता भन्दा बढी हर्न बजाउने गरेको पाईएको छ ।

राजनैतिक दलहरुले यसमा निगरानि गर्नुपर्नेए आवश्यकता देखीएको सर्बसाधरणाले गुनासो गर्दे बाईकको हर्न आवश्यक परेको ठाउमा मात्र बजाउन आग्रह गरेका छन् ।

यता नवलपरासी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख  धमेन्द्र रावलले भने जिल्लामा ट्राफिक प्रहरीको संख्या न्युन रहेको र अधिकाम्स प्रहरीहरुलाई निर्वाचनमा खटाईएकाले निगरानिमा समस्या देखीएको बताए र साथै  उनले राजनैतिकदलहरुले यसअगावै ट्राफिक नियम उल्लङ्गन नगर्ने प्रतिबद्धता जनाईसकेकाले  दलहरुले आफ्नो ठाउबाट निगरानि गरेकोमा आशावादी रहेको बताए ।

प्रहरी निरीक्षक रावलले ट्राफिक नियम ले आफ्नै ज्यानको सुरक्षा गर्ने भएकाले सचेत रहन सबैमा आग्रह गरे । यस्तै अटेर गर्नेहरुलाई दैनिक रुपमा कार्वाही गरीएको समेत बताए ।

सम्बन्धित सामग्री