बिहीबार, २ कार्तिक, २०७४

इंग्लिस प्रिमियर लिग : आर्सनलको सम्भावना कायम

वैशाख २८  ।  आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना कायम राखेको छ । प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा साउथह्याम्पटनलाई २–० ले हराउँदै आर्सनलले शीर्ष चारमा रहने सम्भावना कायम राखेको हो ।

अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्स सान्चेज र ओलिभर जिरउडले गोल गरे ।

पाँचौं स्थानका उक्लिएको आर्सनलको लिगका तीन खेल बाँकी हुँदा ६६ अंक भएको छ । आर्सनल चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा तीन अंकले पछि छ भने छैटौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले अघि छ । तीन खेल बाँकी हुँदा ४२ अंकसहित साउथह्याम्पटन १० औं स्थानमा छ ।

सम्बन्धित सामग्री