शनिबार, ९ मंसिर, २०७४

राष्ट्र बैंककाे निर्देशन : साउनदेखि १० लाख माथि नगद कारोबार नगर्नु

काठमाडौं,वैशाख २९ ।  अागामी साउनदेखि १० लाख रुपैयाँदेखि माथिको कारोबार चेकमार्फत मात्रै गर्न पाइने भएको छ।
नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाले १० लाख वा सो भन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेकमार्फत गर्नुपर्ने भनेको छ।
राष्ट्र बैंकले बैंकबाट मात्रै होइन कुनै कम्पनी फर्म,संस्था वा कार्यालयको नामबाट पनि नगद कारोबारलार्इ बन्देज गरेको छ । बैंकले निर्देशनमा भनेको छ-फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएको चेकको भुक्तानी समेत एकाउन्टपेयी हुनपर्नेछ।

सम्बन्धित सामग्री