शुक्रबार, २९ मंसिर, २०७४

स्वार्थी माया

यी दुवै जोडी एक अर्का लाइ अति माया गर्थे । १ दिन चरिले चरालाई भन्यो तिमीले मलाई छोडेर कहिल्यै उडेर त जाँदैनौ ? चरा :- उडेर गएछु भने तिमी मलाई छोप्नु नि त! चरि :- मैले तिमीलाई छोप्न त सक्छु तर फेरी तिमीलाई पाउन आफ्नो बनाउन सक्दिन कि ?

चरि को यो कुरा सुनेर चराको आँखामा आँशु छलक्क छल्कियो उसले आफ्नो दुबै पखेटा भाँचिदिई चरि लाई भन्यो :- सानु अब हामी जिवनभरी सँधै साथमै रहने है कहिल्यै नछुट्टिने अब! समयले कोल्टे फेर्यो:- १ दिन ठुलो आँधिबेरी तुफान आयो आफ्नो ज्यान बचाउनको निम्ति चारि उड्न थाली अनी चरा ले भन्यो तिमी उडेर जाउ म त उड्न सक्दिन सानु आफ्नो ध्यान राख्नु है ।

चरि भुर्रर्रर्र उडेर गई केहि समय पछि अचानक तुफान रोकियो (थामीयो) । मौसम सफा भयो अनी चरि वापस फर्केर आयो र आउँदा त चरा मरी सकेको रहेछ । चराले एउटा डाली हाँगामा केहि लेखेर छोडेको थियो त्यो चरी ले पढी, त्यस मा लेखेको थियो प्रियसानु- तिम्रो विश्वास मा आज म यो संसार बाट बिदा भए ।

कति स्वार्थि रहेछौ तिमि ,म बिना पनि तिमि सदा सुखी- खुसि रहनु ल ….. यो पढेर चरी भक्कानीदै रुन थालि तब सम्म धेरै ढिला भैसकेको थियो । कति स्वार्थी रहेछ यो दुनिया। त्यसैले साथि माया गर्दा रुप,धनसम्पती होइन मन हेर्ने गर्नु होला,निस्ठुरी स्वार्थी संग माया गरेर नपछ्ताउनु होला !

सम्बन्धित सामग्री