शुक्रबार, २९ मंसिर, २०७४

हात्तिखोरको पोखरी तालमा आन्तरीक पर्यटकहरुको चहलपहल

प्रकाश बस्याल, नवलपरासी । केही वर्ष अघि सम्म उजाड देखिने नवलपरासीको कावासोती १ हात्तिखोरको पोखरी ताल अहीले पर्यटकिय क्षेत्रको रुपमा विकास भएसंगौ आन्तरीक पर्यटकहरुको चहलपहल बढेको छ । महाराजा धार्मिक वन तथा पोखरी ताल जलासय निमार्ण संरक्षण तथा उपभोक्ता समिती गठन गरेर अहीले पर्यटकिय क्षेत्रको पुर्वाधार विकास गरेपछि नाङगो डाडां हरियाली मात्र होईन पर्यटन क्षेत्रको राम्रो गन्तब्य बन्न थालेको छ । रमण्ीय स्थलको खोजीमा रहेका नवलपुरबासीहरुमा पोखरीतालको विकास भएपछि फुर्सदको समयमा रमाउने गन्तब्य बनेको छ ।

ताल निमार्ण , बाल उद्यान , मन्दिर तथा बनभोज स्थलको निमार्ण सुरु भएसंगै नवलपरासी जिल्ला आसपासका पर्यटकहरु समेत आउने गरेको महाराजा धार्मिक वन तथा पोखरी ताल जलासय निमार्ण संरक्षण तथा उपभोक्ता समितीका अध्यक्ष शिव प्रसाद भट्टराईले बताउनुभयो । २८ बिगाहा क्षेत्रफल मध्ये १० विगाह क्षेत्रफल पोखरी निमार्ण गरिदै छ । अहिले पोखरीको माटो निकाल्ने काम भईरहेको र करिव ९० प्रतिशत काम सकिसकेको अध्यक्ष भटेटराईले जानकारी दिनुभयो । त्यस्तै पोखरी वाहेकको वांकि १८ विगाह बहुमुल्य जडीबुटीको बृक्षारोपण ,बगैचा निर्माण र वनभोज स्थलको लागि थप टहरा निर्माण समेत भईरहेको छ । पौरखी आमा समुहले १ सय ८ पिपललाई गोलाकार रुपमा रोपेपछि धार्मिक पर्यटकको समेत आकर्षण बढेको छ ।

अहिले प्रवेश द्वार मा गेटको काम पनि करि करिव सम्पन्न भैसकेको छ । पूर्व पश्चिम राजमार्गको कावासोती फलफुल चोक बाट करिब ६ किलोमिटर उत्तर तर्फ महाभारत पर्वत श्रृङखलाको काखमा रहेको पोखरी तालको दृष्यले यहा आउने जोकोही पनि रमाउन सक्छन् । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट ३१ लाख ,स्थानीय बासिन्दाको ११ लाख ,पश्चिमाञ्चल सिचाई डिभिजन कार्यलयबाट २१ लाख र कावासोती नगरपालिकाबाट पहिलो वर्ष २० लाख रुपैया ,दोस्रो वर्ष १८ र यो आर्थिक वर्ष ७३,७४का लागी १२ लाख ,अन्य स्रोत बाट आर्थिक संकलन गरि पर्यटकिय पुर्वाधार निमार्ण गरिएको छ । यसको साथै आगामी दिनहरुमा गुरु योजना नै निमार्ण गरि विकाश निमार्णका कार्यहरु अगाडी बढाईने अध्यक्ष भट्टराईले वताउनुभयो ।

पोखरी ताल क्षेत्रमा पर्यटकहरुको आवागमन बढेपछि आसपासका स्थानियहरु समेत हर्षित भएका छन् । स्थानिय उत्पादनले समेत बजार पाएको उनिहअरुको भनाई छ । सवारी साधन संचालन भएपछि यात्राकालागी समेत सहज भएको बताईएको छ ।
बनभोजका लागि आउने प्रतिसमुह ५ सय र दाउराको ५ सय गरी १ हजार रुपैया सहयोग स्वरुप उठाउने गरीन्छ भने सर्वसाधारणले भने निः शुल्करुपमा पार्कमा प्रवेश पाउदछन् । विगतका समयमा पिकनिक का लागी बुटवल फुलबारी र हेटौडा रोज्ने नवलपरासी बासीहरु ऋहिले पोखरी तालमै अड्कने गरेका छन् ।

सम्बन्धित सामग्री