मंगलबार, १० असोज, २०७४

प्रदेश र प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं, भदौ २७ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले निर्वाचन कार्यक्रम तालिका तय गरेको हो । आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि निर्वाचन कार्यक्रम तह गरेको हो ।

जस अनुसार मंसिर १० गते चुनाव हुने क्षेत्रका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । त्यस्तै २१ गते हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता कात्तिक १६ लाई तोकिएको छ ।

निर्वाचनको लागि पहिलो चरणका लागि २०७४ मंसिर १० गते आइतबार र दोस्रो चरणका लागि २०७४ मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णयसमेत गरेको छ ।

सम्बन्धित सामग्री

बिचार/विश्लेषण

को हुन् रोहिंग्या मुस्लिम ?

रोहिंग्या एउटा अल्पसंख्यक मुस्लिम समुदाय हो, जो बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको म्यानमारमा शताब्दीऔँदेखि बसोवास गर्दै आएका छन्

एसियाली आकाशमा कालाे बादल

डा. देवीप्रसाद सुवेदीर यति बेला अमेरिका एसियाका दुई मुलुकसँगको मोर्चाबन्दीमा फसेको छ । मध्य एसियामा अफगानिस्तान र पूर्वी