मंगलबार, १० असोज, २०७४

मानव तस्करले अफ्रिका पुर्‍याएका नेपाली अलपत्र

काठमाडौं, भदौ २७ । मानव तस्करले युरोप र अमेसरकामात्र होइन, अफ्रिकामा समेत नेपाली लैजाने गरेको पाइएको छ । दक्षिण अफ्रिकामा मानव तस्करी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले बाग्लुङका सागर श्रीसलाई पक्राउ गरेको छ ।

दक्षिण अफ्रिकामा अलपत्र परेका नेपाली युवा त्यहाँस्थित दूतावास र अपराध महाशाखाको वैदेशिक रोजगार ठगी शाखाको पहलमा स्वदेश फर्किएपछि श्रीस समातिएका हुन् ।

प्रहरीका अनुसार तस्करीमा संलग्न नेपालीले भारत, दक्षिण अफ्रिकामा बसेका काम गर्ने गरेका छन् । इथियोपिया, मोजाम्बिक, स्वाजिल्याण्ड हुँदै दक्षिण अफ्रिका सीमामा पुगेका तीन जना नेपालीलाई दक्षिण अफ्रिकाको सुरक्षा निकायले नियन्त्रणमा लिएर १६ दिन हिरासतमा राखेको थियो ।

पीडितको बयानका आधारमा दक्षिण अफ्रिकामा अझै धेरै नेपाली अलपत्र रहेको प्रहरीले जनाएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

सम्बन्धित सामग्री

बिचार/विश्लेषण

को हुन् रोहिंग्या मुस्लिम ?

रोहिंग्या एउटा अल्पसंख्यक मुस्लिम समुदाय हो, जो बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको म्यानमारमा शताब्दीऔँदेखि बसोवास गर्दै आएका छन्

एसियाली आकाशमा कालाे बादल

डा. देवीप्रसाद सुवेदीर यति बेला अमेरिका एसियाका दुई मुलुकसँगको मोर्चाबन्दीमा फसेको छ । मध्य एसियामा अफगानिस्तान र पूर्वी