शनिबार, ९ मंसिर, २०७४

आर्थिक मानव र टाट पल्टिएको देश

लाओस राई/

सन् १७७६ पछी पुंजीबादको पिता मानिने आदम स्मिथले आर्थिक मानवको कल्पना गर्दै सम्पूर्ण मानबीय कार्य र क्रियाकलापलाई केवल धनको आर्जन र संचयको रुपमा ब्याख्या गरे । धन कमाउन र संकलन गर्न मात्र मानिसको प्रमुख ध्येय हो भन्ने मान्यतालाई जोड दिंदै उनले मान्छे केवल धनको निमित्त जन्मिएको र धन नै सबथोक हो भन्ने एक पक्षिय बिचारको प्रचार गरे । त्यसको ठिक बिपरित सन् १८४८ पछी साम्यवादी दार्शनिक काल मार्क्सले सम्पतिको समान बितरण र सम्पतिको स्वमित्व राज्यमा निहित हुनुपर्छ । त्यसको प्राप्ति भनेको नै वर्गसंघर्ष द्वारा हुन्छ । त्यसैको माध्यमले समाजमा पूर्ण साम्यबादको उदय हुन्छ । जसलाई बिश्व सर्बहारा वर्ग र मजदुरहरुको संघर्षले मात्र सफल गर्न सक्दछ । यो नै सर्बहारा बर्गको अधिनायकत्व हो भन्ने संघर्षमय सिद्दान्त स्थापित गरे ।

यद्यपी यी दुइ बिचारहरु बिल्कुल फरक आदर्श , मूल्य र मान्यता अंगालेका सैद्धान्तिक बिचारहरु हुन् । यी दुर्इ बिचार मध्ये एकले स्वतन्त्र आर्थिक मानवको परिकल्पना गर्दै प्रशस्त धन आर्जन गर्दै निजी सम्पति र निजीकरणको पक्षमा जोडदार वकालत गर्नु नै सिद्धान्तको मुख्य लक्ष्य मानेको भने र्कोले सम्पतिको स्वामित्व राज्यमा निहित र त्यसको समान बितरण यसको सैद्धान्तिक आधार हो । यी नै दुइ भिन्न बिचारहरुको द्वन्दात्मक परिस्थितिबाट बिश्व राजनीतिक, आर्थिक, सामाजिक अबयाबहरु चलयमान भईरहेकका छन् ।

यसका विभिन्न उदाहरण मध्ये प्रमुख मानिने बेलायतमा १७ औं शताब्दीको औद्योगिक क्रान्ति पछि अझै मौलाएको धन कमाउने सस्कृति, बिस्तार र बिकसित हुँदै अन्य धेरै मुलुकहरु पनि प्रभाबित हुनलाई लिन सकिन्छ । यी क्रान्तिहरुले सिर्जना गरेको नयाँ-नयाँ समस्या र त्यसको समाधानको निमित्त समयसापेक्ष फरक-फरक राजनीतिक ब्यबस्था र आर्थिक नीति अख्तियारी गर्दा गर्दै पनि धेरै देशहरुमा आर्थिक अभाब र संकटका कारण राजनीतिक उतारचडाबहरु भईरहेको इतिहास हामीसामु छंदैछ । दक्षिणपूर्वी एसियाका देशहरुमा भने औद्योकीकरणको सुरुवात सन् १९५७ मा ब्रिटिस उपनिबेसबाट मलेशिया लगायतका देशहरु स्वतन्त्र भएपछि भएको देखिन्छ ।

यता दक्षिण एसियाको प्रसंगलाई हेर्ने हो भने पनि त्यस्तै ब्रिटिस हरुको नै प्रसङ्ग जोडिएको पाउछौ । २०० बर्षको त्यति लामो अबधिमा केही रेल तथा सडक मार्गको बिस्तार भएपनि ठुलै औद्योगिक नगरीको बिकास भने ब्रिटिसहरुले पनि गरेको देखिदैन । त्यस कारण उद्योग बिकासको सुरुवात १९४७ पछी नै भएको मान्न सकिन्छ । नेपालको सन्दर्भलाई हेर्दा यसको पृष्ठभुमि र एतिहासिक पक्ष त्यति लामो समय अबधिको देखिदैन । १५ सालमा जननिर्बाचित सरकारले पहिलो पटक देशलाई औद्योगिकरण गर्दै आर्थिक स्तम्भको रुपमा देश सक्षम र निर्भर बनाउने नीति लिएपछि ११ स्थानमा औद्योगिक क्षेत्रहरु निर्माण गरे ।

१७ सालको शाही कदमपछि नयाँ राजनीतिक परिस्थिती पश्चात औद्योगिक क्षेत्रहरुको स्थापना नभएको भने होइन । ३० बर्षे पंचायती कालमा औद्योगिक बिकास जति हुन पर्थ्यो त्यति नभएपनि त्यसको बेच बिखान भने भएको देखिंदैन । त्यसको मतलब सबै राम्रो थियो भन्न खोजिएको होइन । त्यहाँ पनि कमजोरपक्षहरु नभएका भने होईन धेरै कमजोरीमध्ये उल्लेख नै गर्ने पर्ने पक्षहरु जस्तै दक्ष जनशक्तीको पनि दरबारिया भाई भारदारहरु, नातागोताहरु, पंचायती हाकिहरुको आफन्तहरुको भर्तीकेन्द्र बनेको कारणले नै पंचायती ब्यबस्थाको उत्तारार्धसम्म प्रायः पूर्णतय संकटग्रस्त बनिसकेका उद्योग पंचायतकालको समाप्तिसंगै सबैजसो बन्दै भयो । बाँकी रहेका एकाध उद्योगहरुलाई सरकारी अनुदान दिएर संचालन नगरेका पनि गरे ।

तर जुन जोगी आएपनि कानै चिरेको भने झैं ०४८ पछिको सरकारले पनि उही पंचायती संस्कारलाई निरन्तरता दिएपछि सबै उद्योग टाट पल्टियो । ०५१ पछि सरकाले लिएको औद्योगिक नीति र निजिकरण जस्ता पुंजीबादी औद्योगिक नीतिलाई आर्थिक बिकासको मार्ग भनि गरिएको निजीकरण अभियनले राज्यसंग कुनै उद्योग रहेन् । र निजी क्षेत्रबाट संचालित उद्योगले पनि बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द र टाट भैरहेको देखिन्छ । यसरी सबै पक्षबाट देशमा संचालित उद्योग टाट पल्टनु र युवा जनशक्तिको ठिक ढंगले सदुपयोग हुन नसक्नुको अवस्था रहनु नै देश आर्थिक संकटमा जेलिनु भन्ने बुझाउछ । देश निर्माणमा अबरोध हुनु हो भन्ने बुझाउँछ । सत्ता प्राप्त नहुँदासम्म युवा शक्तीको सदुपयोग हाम्रो प्रमुख लक्ष्य हो, युवा नै देशको खम्बा हो, युवा लक्षित भाषण मार्ने नेताहरुले सत्तामा पुग्ने बित्तिकै सबै बाचा बिर्सने चरित्र बिगतदेखि गणतान्त्रिक सरकारसम्म आईपुग्दा उही देखिएको छ । यही गतिविधिले युवा वर्गमा नेताप्रति नकारात्म धारणा उत्पन्न भई उनीहरु बिभिन्न खालका नकारात्मक गतिविधिमा सहभागी हुने गरेका छन् ।

जनशक्तीको सदुपयोग उचित ठाउँमा हुन नसक्दा आतंकबादको जन्म हुने सम्भाबना पनि उत्तिकै छ । यसको उदाहारण हामीसंग धेरै छन् । त्यस्तै अर्कोतर्फ लुटपाट, हत्या तथा दुब्र्यसनीजस्ता मानवता बिरोधी गतिबिधिको सांगठनिक संजालको बिस्तार हुने खतरा पनि त्यत्तिकै देखिन्छ । यी र यस्ता गतिविधिले देशलाई आर्थिक बिकासको बदला संकट र दल९दलमा फसाउने निश्चित देखिन्छ । त्यसैले यस्तो नकारात्मक गतिबिधिबाट बच्न सक्नु आजको प्रथ कार्य हो ।
पंचायती सरकारको सिको गर्दै युवा जनशक्तीलाई बिश्व पुंजी बजारमा विक्री गर्ने काम ४८ पछिका प्रजातान्तिक सरकाले पनि गरे । त्यही कार्यलाई बर्तमान गतान्त्रिक सरकाले झनै बृहत बनाउँदै रेमिट्यान्स कुम्ल्याउदै र देश चलाउने नीति लिइरहेको छ । यसो गर्दा पक्कै पनि एउटा वर्ग, समुदायलाई क्षणीक फाइदा त पुग्ला तर दिर्घकालिन रुपमा देशको आर्थिक समृद्धी हुनको सट्टा बैदेशीक श्रम बजारमा संकटआएको खण्डमा झनै ठुलो समस्या पैदा हुने सम्भावना देखिन्छ । त्यसकारण जनक्तीको दीर्घकालीन रूपमा स्वदेशमा नै सदुपयोग गर्ने योजनाको विकल्पहरु निर्माण गर्न सकिएन भने त्यो भन्दा ठुलो नोक्सानी देशलाई हुने देखिन्छ ।

मुख्य कुरा नेपालमा बेरोजगार युवाको संख्या किन बृद्धी भयो रु यसको कारणहरु के–के हुन सक्छ रु यी समस्याको दीर्घकालिन समाधान गर्न के कस्ता योजना कार्यान्वयन गर्दा हुन सक्छ रु त्यस्ता बिषयहरुको अध्ययन अनुसन्धान नगरी जनशक्रीलाई बिश्व पुंजी बजारमा सस्तो मुल्यमा विक्री गर्दै रेमिट्यान्स भित्र्याउने योजना बर्तमान सरकार पनि लाग्नुले युग निर्माणको जनशक्तीलाई खेर फ्याक्नु र देश निर्माणको अभियानलाई पूर्ण बिरमा लगाउन हो भन्दा फरक पर्दैन । त्यसैले कवि मोहन हिमान्सु थापाको कविता यहाँ उल्लेख गर्न सान्दर्भिक देखिन्छ ।

म आफ्नो देशको पहरामा हुन्छु, 
म आफ्नो देशको छहरामा हुन्छु,
मलार्इ नेपालको सगरमाथा चाहिन्छ, 
मलार्इ सगरमाथाको नेपाल चाहिन्छ । भन्ने कविताको सान्दरभिकता बिपरित धनीलाई अमेरिका धपाईन्छ । गरिबलाई अरब धपाइन्छ भन्ने खालको नीति बनाएपछी रोजगारीको लागि भौतारिरहेको युवा बाध्य भई बिदेसिनुपर्ने बाध्यत्मक परिस्थिति सिर्जना भएको छ ।

यो अवस्था सिर्जना हुनु राज्य कर्महिन, देश हराएको र जनशक्ती भौतारी रहेको भन्ने बुझाउँदछ । अर्कोतर्फ हिजो परिवर्तनमा जति युवा रक्त सागरमा पौडी खेल्दै सुन्दर संसारको खोजी गर्ने । मालेमा बाद र प्रचण्डपथको स्तुति गाउने । वीपीको समाजबादी आन्दोलन, भण्डारीको जबजका निम्ति जतिले बलिदानी दिए तिनीहरुलाई अज्ञात सहिदको सज्ञा दिई परिवारलाई थम्थम्याउंदै सत्ताको लगाम समाएर बिदेश भ्रमणमा देशको ढुकुटी रित्याएर भत्ताले भात बजाउने । तर परिवर्तनको सहपाठी युवाहरुलाई देशमा रोजगारी नदिएर दैनिकी चलाउन नसक्ने बनाएर विदेश भगाउने पंचायती बुख्याँचा र गणपंचेहरुले देशलाई टाट पल्टाउने काम गरि रहेका छन् । १२ वर्षकोसम्म संक्रमणकाल लम्ब्याएर सबै क्षेत्र अस्त ब्यस्त बनाउँदै सालो देखि सालीसम्म र भान्जाभान्जी देखि मितेरी साइनोको व्यक्तिलाई राजनीतिक नियुक्ति गराउँदै सरकारी निकायलाई पारिवारिक सस्थाको रुपमा रुपान्तरित गर्ने गणतन्त्रका नव गफाडी पात्रहरुबाट देशको जनक्तिको सदुपयोग होला भन्नु ब्यर्थ छ । गरेको छौं भन्नलाई दुईचार सिमेन्ट उद्योग खोलिनु, दुइचारओटा विद्युत उत्पादन केन्द्र निर्माण हुनुलाई ठुलो उपलब्धि मान्नु पर्दैन । त्यो राणा कालमा पनि भएकै हो ।त्यो आजसम्म जो कोहि सरकारमा भएपनि निर्माण गर्थ्यो नै । किनकी ती बस्तुहरु भनेको मानव समुदायको विश्वब्यापी आबश्यकता हो । त्यसैले त्यसमा गर्यो भनेर गणतान्त्रिक भुरा नेताहरुले गर्भ गर्नु पर्दैन । जबसम्म देशको युवा जनशक्तीलाई देशमा नै सदुपयोग गर्न सकिदैन तबसम्म देशको बेरोजगारीको समस्या पनि समाधान हुदैन ।

अर्कोतर्फ राष्ट्रिय उत्पादकत्वमा वृद्धि नभएपछि पुँजी वृद्धि हुने सम्भावना हुँदैन । पुंजी निर्माण नभएपछी नयाँ औद्योगिक प्रतिष्ठानको स्थापनामा सम्भावना भएन । त्यसकारण पनि राजनीतिक स्थायीत्व पनि हुँदैन। अर्थतन्त्र पनि मजबुध हुँदैन । हुन्छ त केवल अनियमितता ,अस्थिरता, भ्रष्टाचार, तुलपाट र विभिन्न खालको समस्याहरु । जुन गणतन्त्र नेपालमा भईरहेको छ । त्यसैले सबै प्रकारको समस्याको समाधान गर्नु स्वराज र स्वरोजगारको आन्दोलन चलाउन आवश्यक छ । अन्यथा देश टाट पल्टदै छ । देशलाई टाट पल्टनबाट जोगाउन आर्थिक मानवको उत्पादन आजको युगको आवश्यक्ता हो ।(लेखकः नेपाली काँग्रेसका युवा नेता हुन्) – इमेजखबरबाट साभार गरिएकाे  ।

सम्बन्धित सामग्री