मंगलबार, १० असोज, २०७४

सपनाको भारी बोकाइँदा दुर्व्यसन

अपीलराज बोहरा/

हामी यस्तो समाजमा छौं, जहाँ लामो समयदेखि लागू औषधको कुलतमा फसेको आफ्नो छोराको विवाह गराएर उसलाई ‘सुधार्न’ बेहुलीका परिवारसँग सबै कुरा ढाँट्छौं । सामान्य रगत जाँचसमेत नगराई कुनै अवोध नारीसँग उसको विवाह गराइदिन्छौं । विवाह भइसकेपछि मात्र थाहा हुन्छ, केटालाई एचआईभी पोजिटिभ भएको भन्ने कुरा । विवाहपूर्व नै थाहा भएको तथ्यलाई लुकाएर समाजको डर, त्रास र छोराको जीवनमा उज्यालो ल्याउन एक अवोध केटीको जीवनलाई सधैंको निम्ति बर्बाद बनाइदिन्छ । तर पनि समाज भाग्यवादको रटान लगाएर घट्ना लुकाउन खोज्छ । अधिकारवादी संस्थालाई यो कुरा थाहा हुने कुरै भएन । एचआईभीको क्षेत्रमा काम गर्ने निकायलाई यस विषयमा अत्तोपत्तो हुँदैन।

समाजमा खासगरी केही सम्पन्न र सम्भ्रान्त परिवारका सन्तान यस्तो कुलतमा फसेका पाइन्छन्। धेरै पैसा खर्च गरेर जसरी पनि डाक्टर या इन्जिनियर नै बनाउन खोज्ने प्रवृत्ति, सन्तानको रुचीभन्दा पनि आफ्नो सन्तानको नाममा प्रतिष्ठा कमाउन खोज्ने बाबुआमाको लालसाले पनि कतिपय युवायुवती यस्ता कुलतमा फसेका छन्।

बाबुआमाको सपना बलजफत आफ्नो काँधमा थोपरिँदा धेरै युवायुवतीको जीवनमा निरासा मात्र ल्याएको छैन उनीहरू कुलतमा समेत फस्न विवस छन्। अभिभावकको स्वार्थ, अभिमान र ‘प्रतिष्ठा’ का कारण जल्दोबल्दो युवाशक्ति डरलाग्दो कुलतमा फस्नु समाज र देशकै लागि दुखद् हो । आफ्नो सपनाको भारी सन्तानलाई बोक्न बाध्य पार्ने संस्कारले कालान्तरमा आफ्नै सन्तती पनि टाढा हुने अवस्था सिर्जना हुनु किम्मार्थ राम्रो होइन।

अपीलराज बोहरा

दुव्र्यसन न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्षको जुन २६ लाई लागूऔषध ओसारपसार तथा दुव्र्यसनविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको छ । यस वर्ष संसारभर ‘पहिला सुन’ भन्ने नाराको साथ यो दिवस मनाइँदैछ । व्यक्ति संसारको जुनसुकै भूगोलको भए पनि, विकासले जतिसुकै अग्लो छलाङ मारे पनि हाम्रो प्राथामिकता आफ्ना सन्तानको स्वास्थ्यलाई राम्रो बनाउने र उनीहरूको वृत्ति विकासमा नै हुनुपर्छ । त्यसो गर्दा उनीहरूको भावनाको पनि उत्तिकै ख्याल गर्नुपर्छ । आफ्नो सपना साकार पार्ने नाममा सन्तान वा अरू कसैमाथि पनि खेलबाड गर्नु हुन्न।

सन् २०१६ को संयुक्त राष्ट्रसंघको लागूऔषधको क्षेत्रमा काम गर्ने निकाय यूएनओडीसीको प्रतिवेदनअनुसार विश्वभर हाल २४ करोड ७० लाख लागूऔषधको दुव्र्यसनी रहेको मानिन्छ, जबकि सन् २००६ मा २० करोड ८० लाख लागूऔषधका दुव्र्यसनी रहेको मानिन्थ्यो । प्रत्येक वर्ष करिब दुई लाख ७ हजार चार सय मानिस लागूऔषधको कारणले मर्ने गर्छन् । लागूऔषधको कुल दुव्र्यसनीमध्ये १६ लाख व्यक्ति एचआईभीबाट पीडित छन् भने ६ करोड व्यक्ति हेपाटाइटिस रोगबाट ग्रसित छन् । त्यस्तै, महिला दुव्र्यसनीको संख्या विगतको भन्दा घटेता पनि महिला कारोवारीको संख्यामा भने वृद्धि भएको देखिन्छ।

नेपालमा प्रत्येक वर्ष ११.३६ प्रतिशतले लागूऔषधको दुव्र्यसक बढिरहेको केन्द्रीय तथ्यांक विभागको पछिल्लो सर्वेक्षणले देखाएको छ । वि.स.२०६३ सालमा ४६ हजार हाराहारीमा रहेका दुव्र्यसनीको संख्या बढेर २०६९ मा ९१ हजारमा पुगेको छ । अध्ययनले लागूऔषध प्रयोगकर्तामा एचआईभी पोजिटिभ, हेपाटाइटिस बी, हेपडाइटिस सी, क्यान्सर, चर्म रोग इत्यादि देखाइएका कारण पनि हाम्रा युवा पिढीलाई दुव्र्यसनको दलदलबाट जोगाउन जरुरी छ । उच्चदरमा वृद्धि भइरहेका यी दुव्र्यसनीको उपचार तथा पुनस्र्थापना आफैंमा चुनौतीका रूपमा रहेको छ । थप वयस्क तथा प्रौढहरूलाई लागूऔषधको दुव्र्यसनबाट कसरी टाढा राख्ने भन्ने विषयमा सबै सचेत हुनु र त्यससम्बन्धी कार्यक्रम तत्काल कार्यान्वयन हुन जरुरी छ । लक्षित समूहमा चेतना अभिवृद्धि नै यसका लागि महत्वपूर्ण साधन हुनेमा दुई मत छैन।

लागूऔषध नियन्त्रण ब्यूरोले सन् २०१३ मा काठमाडौंमा गरेको अनुसन्धान हेर्ने हो भने मात्र ४२.५ प्रतिशत लागूऔषध दुव्र्यसनी २४ देखि ३४ वर्ष बीचका थिए र धेरैजसो साथीसंगतको कारणले र लागूऔषध खाएमा के हुन्छ भन्ने जान्ने जिज्ञासाले प्रयोग गर्ने र कालान्तरमा लागूऔषध छोड्न नसक्ने गरी फसेका थिए।

प्रहरी प्रधान कार्यालयको मुद्दाको अभिलेखलाई आधार मान्ने हो भने पनि अन्य गम्भीर खालका मुद्दाको तुलनामा लागूऔषधको मुद्दा प्रत्येक वर्ष ६ देखि ७ प्रतिशतले बढेको देखिन्छ । राष्ट्रिय विकासमा र कुल ग्राहस्थ उत्पादनमा उल्लेख्य योगदान पुर्‍याउने २५-३५ वर्षबीचका जनसंख्याको आधाभन्दा बढी जनसंख्या विदेशमा जाने र स्वदेशमा रहेको युवाको ठूलो जमात करिब ४२.५ प्रतिशत युवा कुलतमा फस्ने हो भने देशको भविष्यमा कस्तो होला ?
लागूऔषधले न कुनै उमेर भन्छ न त पेसा । जातभात, लिंग, वर्ग यसको चासोको विषय होइन।

यो कुलतमा आर्थिक रूपमा सवल व्यक्तिका साथै आर्थिक रूपमा कमजोर व्यक्ति पनि लागेको भेटिएको छ । लागूऔषधको दुव्र्यसनमा पर्नुका पछाडि अनेकौं कारण देखाउन सकिएलान् तर यो एक प्रकारको ‘मनोरोग’ हो । यस्तो रोगलाई माया, प्रेम र राम्रो उपचार गराउन सकिएमा दुव्र्यसनमा फसेकालाई समाजमा स्थापित गराउन सकिन्छ । तर दुव्र्यसनमा फसेपछि सामान्य जीवनमा ल्याउन त्यति सहज नहुने भएकाले हामीले आफ्नो परिवारको सदस्यको आनीवानीको सुक्ष्म अध्ययन गरिरहनुपर्छ। आफ्ना सन्तानलाई आफ्नो विचार र सपना लाद्नु हुँदैन । व्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ र उसका अप्ठ्यारालाई साथीझैं बनेर बुझ्ने प्रयास गर्नुपर्छ । लागूऔषधको लतबाट उम्केपछि पनि व्यक्तिलाई लाञ्छना लगाउने भन्दा पनि बाँकी जीवन सुन्दर बनाउनेतर्फ सहयोग गर्नुपर्छ । -अन्नपुर्णपाेष्टबाट साभार गरिएकाे ।

सम्बन्धित सामग्री

बिचार/विश्लेषण

को हुन् रोहिंग्या मुस्लिम ?

रोहिंग्या एउटा अल्पसंख्यक मुस्लिम समुदाय हो, जो बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको म्यानमारमा शताब्दीऔँदेखि बसोवास गर्दै आएका छन्

एसियाली आकाशमा कालाे बादल

डा. देवीप्रसाद सुवेदीर यति बेला अमेरिका एसियाका दुई मुलुकसँगको मोर्चाबन्दीमा फसेको छ । मध्य एसियामा अफगानिस्तान र पूर्वी