मंगलबार, १० असोज, २०७४

फोरमका नेता रोका सहित २ हजार माओवादी केन्द्रमा प्रवेश

काठमाडौं,भदौ २७। संघीय समाजवादी फोरमका केन्द्रीय सचिवालय सदस्य नवीन रोका मगरसहित संघीय फोरम, वैद्य माओवादी, विप्लव माओवादी, राप्रपा लगायतका पार्टी परित्याग गरी हजार जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

राजधानीमा भएको कार्यक्रममा संघीय समाजवादी फोरमका सचिवालय सदस्य नवीन रोकाको नेतृत्वमा १५०० जना, नेकपाका नेताहरु मोहन न्यौपाने र मेखबहादुर बिक लगायतका नेताहरुको नेतृत्वमा ५ दर्जन र वैद्य माओवादीका नेता थमानसिंह तामाङको नेतृत्वमा ३०० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले सबै माओवादी र परिवर्तनकारी शक्तिहरु एक हुनुको बिकल्प नभएको बताए ।

प्रचण्डले भने, ‘हाम्रो मिसन धेरै ठूलो छ, समाजवादको मिसन हामीले पूरा गर्नुछ। बीचमा माओवादी आन्दोलनमा निकै ठूला टुटफुट र विभाजनका श्रृङखला चले। अहिले धेरै साथीहरु ब्युझन थाल्नुभएको छ। बिस्तार सबै साथीहरु ब्युझन्छन्, नेताहरु पनि ब्युझन्छन् र माओवादी आन्दोलन शक्तिशाली भएर आफ्नो मिसनमा अगाडि बढ्छ।’ 

सम्बन्धित सामग्री

बिचार/विश्लेषण

को हुन् रोहिंग्या मुस्लिम ?

रोहिंग्या एउटा अल्पसंख्यक मुस्लिम समुदाय हो, जो बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको म्यानमारमा शताब्दीऔँदेखि बसोवास गर्दै आएका छन्

एसियाली आकाशमा कालाे बादल

डा. देवीप्रसाद सुवेदीर यति बेला अमेरिका एसियाका दुई मुलुकसँगको मोर्चाबन्दीमा फसेको छ । मध्य एसियामा अफगानिस्तान र पूर्वी