मंगलबार, १० असोज, २०७४

युरोपियन च्याम्पियन्स लिगःसमूह चरणका सुरुवाती आठ खेल हुँदै ।

काठमाडौं, भदौ २७ । युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ ।

आज राति समूह चरणका सुरुवाती आठ खेल हुनेछन् । आज राति दावेदारहरु बार्सिलोना र युभेन्टस भिड्ने छन् । स्पेनिस क्लब बार्सिलोनाको मैदानमा हुने यो खेल ईटालीयन टोली युभेन्टस्का लागि निकै कठिन हुने अनुमान गरिएको छ ।

यही समूहको अर्को खेलमा ग्रिसको ओलम्पियाकोसले पोर्चुगलको स्पोर्टिङ लिस्बनसँग खेल्नेछ ।

आजै राति समूह ‘ए’का खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले स्विट्जरल्याण्डको एफसी बाजलसँग खेल्दा पोर्चुगलको बेनिफिका र रुसको सिएसकेए मस्को भिड्नेछन् ।

समूह ‘बी’को खेलमा जर्मन क्लब बार्यन म्युनिखले बेल्जियमको एण्डरलेच्टसँग खेल्दा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीले स्कटल्याण्डको सेल्टिकको सामना गर्नेछ ।

समूह ‘सी’का खेलहरुमा इङ्लिस क्लब चेल्सि र काजखस्तानको एफके कारावाग आमने–सामने हुँदा ईटालीको एएस रोमाले स्पेनको एथ्लेटिको म्याड्रिडसँग खेल्नेछ ।

च्याम्पियन्स लिग समूह चरणका बाँकी आठ खेल भोलि राती हुनेछन् ।

सम्बन्धित सामग्री

बिचार/विश्लेषण

को हुन् रोहिंग्या मुस्लिम ?

रोहिंग्या एउटा अल्पसंख्यक मुस्लिम समुदाय हो, जो बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको म्यानमारमा शताब्दीऔँदेखि बसोवास गर्दै आएका छन्

एसियाली आकाशमा कालाे बादल

डा. देवीप्रसाद सुवेदीर यति बेला अमेरिका एसियाका दुई मुलुकसँगको मोर्चाबन्दीमा फसेको छ । मध्य एसियामा अफगानिस्तान र पूर्वी