मंगलबार, १० असोज, २०७४

शीर्ष वरीयताका कमल क्वार्टरफाइनलमा

पोखरा, भदौ २७ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआइसी एसिया बैंक नेपाल आइटीएफ सिनियर च्याम्पियनसिप टेनिस प्रतियोगिताअन्तर्गत् मंगलबार विभिन्न उमेर समूहका खेलहरु सम्पन्न भएका छन् ।

सर्किट १ अन्तर्गत् सम्पन्न खेलहरुमा ३५ वर्षमाथिको एकलतर्फ नेपालका शीर्ष वरीयताका खेलाडी कमल भण्डारी क्वार्टरफाइनलमा प्रवेश गरे ।

भण्डारीले निमा लामा शेर्पालाई ६–० र ६–१ को सहज सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।

त्यसैगरी, आइटीएफ शीर्ष स्थानमा रहेका भारतका दिलीप महंतीले नेपालका सिमान गुरुङलाई ६–१ र ६–० ले, भारतका कमलेश शुक्लाले नेपालका महेश श्रेष्ठलाई ६–१ र ६–२ ले तथा भारतकै स्वरणदीप सिंहले नेपालका सुरेशकुमार श्रेष्ठलाई ६–४ र ६–१ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा ठाउँ बनाए ।

५५ वर्षमाथिको एकलमा नेपालका विष्णु गैरेलाई ६–४ र ६–० को सेटमा पराजित गर्दै भारतका वीएनएस नेगीले अन्तिम आठमा ठाउँ बनाए ।

त्यस्तै, भारतकै प्रदीपकुमार गुप्ताले उत्तमकुमार शेर्पालाई ६–४ र ६–३ ले, मनोजशम्शेर राणाले छेतन नोर्केललाई ६–१ र ६–१ ले, झ्याम्बा ढुण्डुपले भारतका नान्चाराई कोन्डिसेटीलाई ६–० र ६–१ मा, करिमुल्ला मुस्लिमले भारतकै अनिलकुमार कौशललाई र राजेन्द्रसिंह भण्डारीले बसन्त प्रधानलाई प्रतिस्पर्धात्मक खेलमा २–६, ६–१, ६–३ ले हराउँदै क्वार्टरफाइनमा स्थान पक्का गरे ।

४५ वर्षमाथिको एकलमा मनोजविक्रम शाहले नारायण पहारीलाई ६–१ र ६–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित पारे ।

त्यस्तै, फिन्ल्याण्डका पेक्का रन्तला पनि क्वार्टरफाइनलमा पुगेका छन् । पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेका भारतीय खेलाडी आशिष परमार दोस्रो सेटमा घाइते भएपछि उनले ‘वाकओभर’ दिएका हुन् ।

सम्बन्धित सामग्री

बिचार/विश्लेषण

को हुन् रोहिंग्या मुस्लिम ?

रोहिंग्या एउटा अल्पसंख्यक मुस्लिम समुदाय हो, जो बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको म्यानमारमा शताब्दीऔँदेखि बसोवास गर्दै आएका छन्

एसियाली आकाशमा कालाे बादल

डा. देवीप्रसाद सुवेदीर यति बेला अमेरिका एसियाका दुई मुलुकसँगको मोर्चाबन्दीमा फसेको छ । मध्य एसियामा अफगानिस्तान र पूर्वी