शनिबार, ९ मंसिर, २०७४

एमाले र माओवादी केन्द्रबीच एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति:वामपन्थी सरकार राष्ट्रहीतको लागि भएको दावी

 

संझना पौडेल/काठमाण्डौं

नेकपा एमाले र नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालले पार्टी एकिकरणको घोषणा गरेका छन् । राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी तत्काललाई ८ सदस्यीय पार्टी एकता समन्य समिति गठन गर्ने निर्णय भएको सार्वजनिक गरिएको छ । समितिमा नेकपा एमालेका ४ जना, नेकपा माओवादी केन्द्रका ३ जना र नयाँ शक्तिका एक जना रहनेछन् ।

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी्बिच एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति भएको छ । तीन पार्टीका शीर्ष नेताहरुलसहमति पत्रमा हस्ताक्षर गरी पार्टी एकताको पहल भएको घोषणा गरेका हुन् ।नेकपा एमाले र माओवादी केन्द्र आगामी चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्न सहमत भएका छन्। यी दुई पार्टीबीच १४ असोजमै ७ बुँदे सहमति भई चुनावी सहकार्यसँगै पार्टी एकीकरण प्रक्रियाका लागि सहमति भएको छ।

संझना पौडेल

दुई पार्टीबीचको एकीकरणको लागि दस्ताबेज तयार पार्ने कार्य सुरु भएको छ । एकता प्रकृया पूरा नभएसम्म दुवै पार्टीका केन्द्रीय कमिटी तथा निकायहरु पार्टी एकता संयोजन समितिको मातहतमा यथावत् क्रियाशील रहनेछन् । २०७४ सालमा देशभक्त वामपन्थीको सरकार बन्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलेत देशको जन्मकुण्डलीमा २०७४ सालमा देशभक्त वामपन्थी सरकार बन्ने लेखेको भन्दै यसलाई कसैले रोक्न नसक्ने उद्घोष नै गरे ।

गठबन्धनले साधारण बहुमत पाउने निश्चित जस्तै भइसकेकाले अब दुई तिहाई बहुमत ल्याउनेतर्फ ध्यान केन्द्रित रहेको छ । ओलीले व्यंग्यात्मक रुपमा अब निद्राका टयाब्लेटहरु धेरै बिक्ने हुन् कि भन्दै कटाक्ष सकेत गरे ।

मंसिरपछि बन्ने सरकारले देशलाई विकासको बाटोमा अघि बढाउने र सुशासन ल्याउने भएकाले कोही पनि डराउन र आत्तिन नपर्ने नेताहरुले बताएका छन् । एकता प्रक्रिया कांग्रेसका विरुद्ध लक्षित नभएर देशको आवश्यकता र हीतमा छ ।

नेपालमा एउटै कम्युनिष्ट पार्टी हुन आवश्यक रहेको भन्दै दाहालले कम्युनिष्ट एकताले दश वर्षदेखिको अधुरो काम पूरा हुने विश्वास ब्यक्त गरे । पार्टी एकता र निर्वाचनमा तालमेल गर्ने कुरा कसैका विरुद्ध परिचालित नभएको भन्दै आफूहरुको एकताले कोही पनि भ्रमित हुन आवश्यक स्पष्ठ पारे । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सूर्य चिन्हमै चुनाव लड्ने भएका छन् ।

यसअघि गोरखाबाटै चुनाव लड्ने घोषणा गरेका भट्टराईले एकता प्रक्रिया सुरुसँगै सूर्य चिन्ह लिएरै चुनाव लड्ने घोषणा गरेका हुन् ।नेकपा एमालेसँग चुनावी तालेमल प्रक्रिया अगाडि बढाएको नेकपा माओवादी केन्द्रले चुनाबअघि सरकार परिबर्तन नहुने प्रष्याएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासंग आजै दोस्रो पटक भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसंग चुनावी तालमेल मात्र गरेको र सरकारलाई दिएको समर्थन यथावत रहेको बताइएको हो ।

सम्बन्धित सामग्री