शुक्रबार, २९ मंसिर, २०७४

विश्व नम्बर एक नाडाललाई गार्डले चिनेनन्, गेटमै रोके

कात्तिक २१ । राफायल नाडाल विश्वका सबैभन्दा चर्चित टेनिस खेलाडीमध्ये एक हुन् । विश्व नम्बर एक नाडाललाई खेलमा रुची राख्ने विश्वका सबैले चिन्छन् नै यस्तै फेसनमा रुची भएकाले पनि उनलाई चिन्छन् ।

टेनिस कोर्टमा खटिएका व्यक्तिले नै उनलाई चिनेनन् । नाडाललाई पेरिस मास्टर्स कप अन्तर्गत कोर्टमा छिर्ने बेलामा त्यहाँ खटिएका गार्डले चिनेनन् र कोर्टमा छिर्न दिएनन् । ति गार्डले कोर्टको प्रवेश द्वारमा रोकेर ‘हेलो सर, तपाईंसँग पास छ ?’ भनेर सोधे । नाडालले ‘मसँग त छैन’ भने ।

त्यसपछि ति कार्डले नाडाललाई चिने । लगतै उनी कोर्टमा छिरे । नाडालको यो असहज अवस्थालाई फ्रेन्च कानलप्लस स्पोर्टस टिभीले खिच्न सफल भएको छ । नाडाल यो प्रतियोगिताबाट चोटका कारण बाहिरिनु परेको थियो ।

सम्बन्धित सामग्री