शुक्रबार, २९ मंसिर, २०७४

प्रेम मिता……

अनिश.अतीत/

प्रेम के लिएर आयो, अनि के लिएर गयो मेरो जीवनबाट । म स्र्वाथको जोड घटाउमा लागे । सारा सबै सपनाहरुको अन्त्त्य भएको महशुस गरे । आफू पूर्ण खुसीले रगिंन थाले । अर्थपूर्ण प्रेमको कहाँनी यतैबाट सुरु भयो । हो, मेरो प्रेमको कहाँनी यही बाटो हुदै सुरु भयो ।

अन्त्यको निकास अझै पनि भेट्न सकेको छैन् ।

पहिलो भेट कलेजमा भएको थियो । सुनसान ठाउँहरुमा डर लाग्छ मलाई । कतै हिजोआज तिमीलाई पनि त्यतै पो भेट्छु कि भन्ने डर । कलेजमा तिमी धेरै बोल्थिनौ । अनि म लास्ट बेन्चर । मलाई पनि कसैको वास्ता लाग्दैन्थ्यो । एक वर्ष बिताउन मलाई हम्मे हम्मे नै भयो । त्यसपछिका कैयौँ दिनहरु रंगिन ।
कलेजमा कतिपटक देखे हुला तिमीलाई म अहिले त्यसको निर्कौल निकाल्न सक्दिन तर पनि त्यही दिनहरुमा मैले तिमीलाई आफ्नै कक्षामा पनि उती धेरै नियालेको रैनछु । जब हाम्रो मित्रताले एउटा रुप लिन थाल्यो अनि मात्रै महशुस गरे ।

म उनको प्रेमको साहारा बिना चल्नै नसक्ने भैसकेको थिए । उनी पनि । उनले सेतो पहिरन लगाएकी थिइन्, मैले पनि उस्तै । उनको स्पर्शले प्रेमको बर्षा भइरह्यो मनभरि ।

तिमी तीर आखाँ जादैन्थ्यो । किनकि मेरो चाहाना हुदैन्थ्यो । प्रेमको अगाडी मलाई झुक्नु थिएन । प्रेम पीडामा रम्नु थिएन् । थाहाँ थियो मलाई यो शहर प्रेममा होइन यौनमा रमाउन थालेको छ भनेर । त्यसैले आसक्ति थिएन, उन्मात थिएन् ।

प्रेम मौन तर मिठो हुदोँ रैछ । सभ्य । हाम्रो पनि त्यस्तै भयो । शुक्रबारको दिन । तिमी र म । कलेजबाट फनपार्क पुगेका थियौ । मायामा सबै कुरा ताजा नै हुदो रहेछ । उस्तै ताजा, विज्ञापनमा आउने कोलगेट जस्तै । त्यसैले त्यो सबै कुराहरुलाई यो मनमा उस्तै गरि सजाएर राखेको छु । कहिले नमेटिने गरि, बरु समेटिने गरि राखेको छु । शरिरकमा प्रत्यक अंगहरुमा कोचेको छु, जसरि म बाचेको छु ।

अनिश.अतीत

फनपार्कबाट फर्किदा तिमी र म निर्थुक्क भिजेका थियौ । साझँपख । कलेजे ड्रेसमा । हामी वसन्तपुर हुदै, टंकेश्वर, कालिमाटिलाई पछाडी पार्दैे माछा गेटमा आएर छुट्टिएका थियौ ।

हिजोआज म जहिले माछा गेटको वरिपरि पुग्ने गर्छु त्यतिबेला म तिमीलाई सम्झिन्छु । तिम्रो यादहरुले त्यतिबेला नै मलाई धेरै सताउछन् । सम्बन्धहरु कति छिटै तुहिदा रहेछन्, महिना नै नपुगि तर आफूले बिताएका स्थानहरुको याद भने कहिले नतुहिने ।

हामी मौन सर्मथन गर्दै थियौ । त्यसै दिन राती तिमीले पठाएको एसएमएसले मनमा ठुलो हलचल मच्चाएको थियो । मेरो खुसीको सिमा नै थिएन त्यो पल ,। हो, म तिमीलाई माया गर्थे । प्रेम गर्थे ,। भवनाहरु साट्न चाहान्थे तिमीसँग । केही घण्टा पनि टिकेन हाम्रो खुसी ।

दुध केही दिनमा दही बन्छ । साथै मही बन्छ । तिम्रो मन परिवर्तन हुन पनि केही दिन मात्रै लाग्यो । हप्ता लागेन । महिना लागेन ।

फिल्ममा हुने बिछोडको दृश्य जस्तै गरि हाम्रो बिछोड भयो । बिछोडमा मिलनको अर्थ नै के र ? तिमीलाई भेट्न कोटेश्वर पुग्दा तिमीले मलाई नै पर्खिरहेको चाल पाए । कति छोटो समय थियो तर कति धेरै प्रेमिल आशाहरुले घेर्न थालेका रैछन् । कोटेश्वरबाट तिम्रो बस छुट्नै लाग्दा म पनि त्यही बसमा कलंकि सम्म जाने निधो गरे । बसमा चढे । तिम्रै्र सिटमा बसे । ओहो…तिम्रो ममि पनि त्यही हुनुहुन्थ्यो । हाम्रै छेउमा हुनुहुन्थ्यो । मैले त भन्नै बिर्सिएको । ममिले नै त होनी तिमीलाई र मलाई सँगै राख्दिनु भएको । ल तिमी यता बस भनेर ममिले ठाउँ छोड्दिए पछि त म तिम्रो नजिक न्यानो स्पर्शमा पुगेको थिए ।

तिमी आखाँभरि आशुँ लिएर बसेकि थियौ । मन अचम्मै गरि पोल्दै थियो ताकि कसैले मनमा दनदनी आगो लगाइदिएको छ । कति पीडादायी पल थियो हाम्रो लागि । छोटो बिछोड । प्रेमको आभाष नपाउदै तिमीले काठमाडौँ छोड्नु प¥यो । म आउने छु भन्दै तिमीले आफूलाई बसको झ्याल बाहिर दौडाइ रहदाँ म कसरि चुप भए । थामिए ।

अनिश तिमी यतै झर्र्र् भन्दै थियौ तर म तिमीलाई छोडेर कहाँ सम्हालिन सक्थे र । त्यति बेला नै हामी चढेको बस् कलंकि आइसकेको थियो । तिमीले भनेको नमान्दा म बसमै गए । गइरहे । प्रेमले के के गराउँदो रैछ । त्यही बसमा म नागढुंगा पुगे । नागढुंगा कटेर उता जाने आट ममा थिएन् । हामीसँगै जाउ भनेर तिमीले भनेकी थियौँ । तर, मेरो अस्तव्यस्तताको कारणले गर्दा म जानबाट रोकिए । नत्र घाउँ लागेको जोडि परेवा सँगै मर्ने सँगै बाच्ने भनेर उडिसकेपछि रोकिनुको मतलब केही हुन्न थियो ।

दिन बुढो भएर रात मत्ताउने अध्यारोमा प्रवेश गर्दै थियो । त्यसैलाई नियाली रहे । केही समय पाइला चाल्न मेरो बशमा छैन जस्तै लाग्यो । बसका अट्टाहास लामो लाइनलाई परसम्म पनि हेरि बसे । मलाई अब कलंकि फर्किनु थियो । नागढुंगाबाट कलंकि तिर घिस्रिरहेको बसमा छिरे । केही समयमा म कलंकिमा नै थिए । त्यतिका समयसम्म तिमी चढेको बसले नौबिसेलाई पन्छाइसकेको हुदो हो ।

तिमीलाई बिदाइको हात हल्लाइ रहँदा आखाँबाट एक तमास आशुँका भेल रोक्न सकिन् । तिमी पनि रुदै थियौ । केही बेरमा तिमी मेरो आखाँ बाट टाढा भयौँ ,। बादलले छेकेको घाम जस्तै । उस्तै म हेरिरहे । अनि मौन भए । शून्य । एकाकार… ।

हो, त्यसै दिन देखि म पनि प्रेमी भए । कलेजमा पुनः एक्लो भान हुन लाग्यो । साथीहरुको माया आजसम्म पनि उस्तै छ तर कैयौँ तिम्रो र मेरो पलहरुले झस्काइ रहदो रैछ । के प्रेम त्यही हो ।

संसारमा सबैभन्दा चाडो समय चिप्लिने प्रेमलापमा नै होला । तिम्ले जे भने पनि राम्रो लाग्ने । जे बोले पनि मिठो लाग्ने । तिमीलाई सम्झिएर एकान्तमा रमाउ झै लाग्ने । तिम्रै हात समाउ झै लाग्ने । के के लाग्दैनन् र प्रेममा…। सबै कुराहरु त प्यारो लाग्छ । उस्तै आफ्ना जस्तै लाग्छन् । लाग्दा रहेछन् ।
हाम्रो प्रेम पनि चुलिन चाहान्थ्यो । एउटा उचाइसम्म पुग्न चाहान्थ्यो । तिमीले र मैले मिलेर नै यसलाई रंगाउन चाहान्थ्यौ । चलाइ रहन चाहान्थ्यौ । कुनै हिसाब किताब बिना नै । तर पखेटा काटेको चरा जस्तै कतै उड्न पाएन् । जरा काटिएको फर्सिको बेलाजस्तै फैलिन पाएन् । हाम्रो माया पनि यस्तै भयो । न उड्न पायो न त फैलिन नै ।

तिम्रो यादहरुले त्यतिबेला नै मलाई धेरै सताउछन् । सम्बन्धहरु कति छिटै तुहिदा रहेछन्, महिना नै नपुगि तर आफूले बिताएका स्थानहरुको याद भने कहिले नतुहिने ।

एक दिन तिमीले मेरो हात समाउदै अनिश तिमी मलाई छोडेर कतै टाढा नजाउ है भनेकि थियौ । मैले त्यसै दिन वाचा गरेको थिए । तिमी भन्दा टाढा जाने छैन् । गए भने तिमीलाई पनि साथै लाने छु । तर यो कसरि सम्भव थियो र ? म त एक्लो हुन चाहान्थे । एकान्तमा रमाउन चाहान्थे । तिमीलाई साथ दिन चाहान्थे तर सँगै उडाउन डर लाग्थ्यो । कतै सिकारिहरुले हामी दुबैलाई उनीहरुको जालमा पार्ने डरले ।

चैभारका ति सुन्दर पाखाँको बसाईमा, स्वंयम्भुका ती ठुला आखाँहरुमा म तिमीलाई नै मागिरहेको हुन्थे । हो साच्चै । म तिमीलाई पाउने आशामा केही पलको लागि भएता पनि रिसाएको अभिनय गर्दिन्थे । तिम्रो हरेक स्पर्श मेरा लागि थियो । हाम्रो प्रेमको लागि थियो ।
तिमी कैयौँ पटक मेरो कोठासम्म आयौँ । अनि म तिम्रो प्रेमले तानिएर तिम्र्रो कोठासम्म गए यसको कुनै लेखाजोखा छैन् । मैले तिमीलाई कतिपटक चुमे, तिमीले मलाई कति पटक चुम्यौ भन्ने दस्तावेज आज म सँग छैन् । आत्मा साटिएको थियो । मन एकअर्कामा लिप्त भएको थियो । त्यसैले हामी एकाकार भएका थियौँ । एउटै भएका थियौ ।

दुध केही दिनमा दही बन्छ । साथै मही बन्छ । तिम्रो मन परिवर्तन हुन पनि केही दिन मात्रै लाग्यो । हप्ता लागेन । महिना लागेन ।
मलाई उनले डोहो¥याएकी थिइन् । हामी सुस्तरी पाइलाहरुलाई गन्तव्यमू बनाउदै थियौ । म उनको प्रेमको साहारा बिना चल्नै नसक्ने भैसकेको थिए । उनी पनि । उनले सेतो पहिरन लगाएकी थिइन्, मैले पनि उस्तै । उनको स्पर्शले प्रेमको बर्षा भइरह्यो मनभरि ।

सुनेको थिए उनको विवाहा हुनेवाला छ रे ? साथीहरुको मुखबाट सुनेको । मेरै अगाडी आएर सुनाइरहेका थिए । मैले सुने नसुने झै गरे । पुरै व्यवास्था । आज म यो अवस्थामा छु, उनको अवस्थामा केही राहात मिलेको भान हुन्छ । उनको फेसबुकका भिक्ताहरुबाट पनि थाहाँ पाउन सकिन्थो । उनको मनमा बिझेका कतिपय कुराहरु । खुसीले भरिएका मुटूहरु ।

 

 

सम्बन्धित सामग्री