मंगलबार, ५ भदौ, २०७५

बहालवाला मन्त्रीहरु कूटनीतिक मर्यादा कुल्चिंदै

रघुनाथ बजगाँई/

यहि चैत ३ गते परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कुटनीतिक मर्यादा कायम गर्न र गराउन वर्तमान सरकार पुर्णत प्रतिवद्ध रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए ” हामीले कुटनीतिलाई मर्यादित व्यवस्थित बनाउने छौँ । कतिपय अवस्थामा प्रश्नहरु उठ्ने गरेका छन् बिदेशी नेताहरु आउँदाखेरी, राजदुत्तहरुसंग भेटघाट हुँदा खेरी कहाँ के कुरा भयो त्यसको रेकर्ड हुँदैन, परराष्ट्रका प्रतिनिधि उपस्थित हुँदैनन, भन्ने कुरा छन् तिनिहरुलाई व्यवस्थित गर्नमा मेरो मुख्य भुमीका रहनेछ । ”

राष्ट्रवादी नेताको उपमा पाएको केपी ओली नेतृत्वको सरकारले त झन राष्ट्रियता, राष्ट्रिय स्वाभिमान तथा सार्वभौम राष्ट्रको मर्मलाई बिशेष ख्याल गर्नुपर्छ । अन्यथा जनता जर्नादन भएकाले विश्वास र भरोसा उल्टिन सक्ने चेत हुनु आवश्यक छ ।

परराष्ट्रमन्त्रीले बाचा गरेको ७२ घण्टा पनि हुन नपाउँदै सोमवार भारतीय राजदूत मन्जीव सिंह पुरीले एकै दिन सरकारका चार जना मन्त्रीलाई भेटे । पुरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई छुट्टा छुट्टै उनीहरुको कार्यकक्षमा गएर भेटघाट गरे ।

साेमवार नै उपराष्ट्रपति नन्दबहादुर पुनसंग पनि पुरीले भेट गरे । तर यसबारे परराष्ट्र मन्त्रालय बेखबर छ । मन्त्रालयलाई नै थाहा नभएपछि भेटमा परराष्ट्रका प्रतिनिधिको उपस्थित रहने कुरै भएन ।

छिमेकी देशहरुसंग बराबरीको हैसियतमा रहने र कुटनीतिक मर्यादालाई पुर्णत ख्याल गर्ने वर्तमान सरकारको सार्वजनिक प्रतिवद्धता हो । तर प्रधानमन्त्री सहित अन्य वाहालवाला मन्त्रीहरुकै ब्यबहार ठ्याक्कै उल्टो भएपछि कुटनीतिक वृतमा आलोचना शुरु भएको छ ।

हाम्रै छिमेकी देशहरु चीन र भारतमा प्रधानमन्त्रीहरुले बिदेशका राजदुत्तहरुलाई भेट्दैनन । अब हाम्रो यहाँ चाँही त्यस किसिमको मर्यादा पालना भैराखेको छैन् । यो हाम्रो राष्ट्रिय कमजोरी हाे।

कुटनीतिक जानकारहरु विदेशी नेता, राजदुत्तसंग एक्ला एक्लै भेट्ने र त्यसबारे परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नगराउने प्रवृति यथावत रहेको भन्दै आलोचना गर्दछन् ।

पुर्व राजदुत्त जयराज आचार्य भन्छन् ” राजनीतिक र कुटनीतिक संस्कारको कमजोरीका कारणले यस्तो भएको हो । हाम्रै छिमेकी देशहरु चीन र भारतमा प्रधानमन्त्रीहरुले बिदेशका राजदुत्तहरुलाई भेट्दैनन । अब हाम्रो यहाँ चाँही त्यस किसिमको मर्यादा पालना भैराखेको छैन् । यो हाम्रो राष्ट्रिय कमजोरी हाे। यसले सबैलाई खल्लो बनाएको छ । ”

भेट्नै हुँदैनथ्यो भन्ने होईन तर कुनै देशको राजदुत्तसंग हाम्रै प्रधानमन्त्रीले प्रत्येक भेटमा एक्ला एक्लै एकैछिन भएपनि किँन कुरा गर्दछन् । कुटनीतिक प्रश्न यहाँनेर देखिन्छ ।

नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धनको सरकार बनेपछि मात्रै बिभिन्न बाहनामा भारतीय राजदुत्त पुरीले प्रधानमन्त्री केपी ओलीसंग चार पटक भेटिसकेका छन् । ओली प्रधानमन्त्री नहुँदै फागुन १ गते सिंहदरवार पुगेर ओलीसँग भेट गरेका पुरीले ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि मध्यराती उनकै निवासमा गएर बधाई भेटे गरे। फागुन ११ गते पनि राजदूत पुरीले प्रधानमन्त्री ओलीको जन्मदिनका अवशरमा भेटे । त्यसपछि पुरीले होलीको बाहानामा फागुन १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ओलीसँग भेट गरे ।

भेट्नै हुँदैनथ्यो भन्ने होईन तर कुनै देशको राजदुत्तसंग हाम्रै प्रधानमन्त्रीले प्रत्येक भेटमा एक्ला एक्लै एकैछिन भएपनि किँन कुरा गर्दछन् । कुटनीतिक प्रश्न यहाँनेर देखिन्छ ।

मन्त्री सहित अन्य नेताहरुसंग पनि भारतीय राजदुत्तको एक्ला एक्लै भेट वार्ताको क्रम जारी छ ।

सबै जसो मन्त्रीहरुलाई बधाई भेट गरिसकेका पुरीले बाहालवाला मन्त्रीसंग मन्त्रालयमै घण्टौ कुरा गर्दछन् । त्यहाँ के कुरा भयो भन्ने सार्वजनिक गर्नुपर्दैन ? पुर्व परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीको थप प्रश्न छ ” त्यस्ता मान्त्रालयमै भएको भेटमा त कम्तिमा परराष्ट्रका प्रतिनिधिको उपस्थिति हुनुपर्थ्यो, त्यो हुन सकिरहेको छैन् । त्यसलाई सच्याएर मात्रै हामी अगाडि बढ्नुपर्ने हुन्छ । ”

पाकिस्तानी प्रधानमन्त्री शाहिद अब्बासीको नेपाल भ्रमणपछि पुरीको सकृयता अझ बढेको कुटनीतिक तथा राजनीतिक वृतमा चर्चा छ ।

यो देशका प्रधानमन्त्रीले कसलाई भेटे, भेटमा के कुरा भयो भन्ने आमजनताले थाहा पाउनु पर्दैन । त्यहाँ परराष्ट्रका प्रतिनिधिको उपस्थिति रहनुपर्दैन । देश पनि गुपचुपले चलाउन खोजेका छन् कि जस्तो गर्दछन्, यो सार्वभोम र स्वतन्त्र देशको प्रधानमन्त्रीको नेचर होईन र हुनुहुँदैन ।

पुर्व परराष्ट्रमन्त्री लोहनी थप्छन् “हामी आफ्नो राष्ट्रिय स्वार्थ, राष्ट्रिय स्वाभिमान र आफ्नो मार्यादाबारे हामी सचेत छौँ । त्यो परिधिभित्र रहेर हाम्रा मित्र राष्ट्रहरुको संवेदनशिलता पनि हामी त्यतिकै बुझ्दछौँ र उहाँहरुले हामीलाई विश्वास गर्न सक्नुहुन्छ भन्ने वातावरण सिर्जना गर्न सक्नु अहिलेका परराष्ट्रमन्त्रीको सबैभन्दा ठूलो चुनौती हो । ”

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन सरकार निर्माणमा चिनियाँ प्रभाव रहेको भारतीय आशंका छ । यहि कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाम गठन्धनको बहुमत आउने वित्तिकै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै फोन गरि बधाई दिएका थिए । प्रधानमन्त्री मोदीले आफ्नो विशेषदूतको रुपमा पठाएका भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि नेपाल आइन र नेताहरुलाई एक्ला एक्लै भेटेर फर्किइन ।

यसरी प्रधानमन्त्री केपी ओलीले आफैँले निमन्त्रण गरेको अभिव्यक्ति दिनु, स्वराजलाई डिनर दिनु र एक्ला एक्लै भेटेर कुरा गर्दा परराष्ट्रका प्रतिनिधिलाई नराख्नुमा धेरै अर्थ रहेको परराष्ट्रविद लोकराज बरालको शंका छ । उनी भन्छन् ” यो देशका प्रधानमन्त्रीले कसलाई भेटे, भेटमा के कुरा भयो भन्ने आमजनताले थाहा पाउनु पर्दैन । त्यहाँ परराष्ट्रका प्रतिनिधिको उपस्थिति रहनुपर्दैन । देश पनि गुपचुपले चलाउन खोजेका छन् कि जस्तो गर्दछन्, यो सार्वभोम र स्वतन्त्र देशको प्रधानमन्त्रीको नेचर होईन र हुनुहुँदैन । ”

पछिल्लो समयमा आएर मात्र यस्ता गतिविधि भएका होईनन । विगत लामोसमयदेखि यस्तै चलन चल्दै आयो । बिशेषगरी भारतीय नेता र राजदुत्तका हकमा यो बढि नै हुने गरेको छ । यसबाट कुनैपनि दलका कुनैपनि नेता सायदै अछुतो होलान । सबैले उहि फलो गर्ने परम्परा जस्तै बनेको एक्ला एक्लै भेटमा परराष्ट्रका प्रतिनिधिको अनिवार्य उपस्थितिका लागि वर्तमान सरकारले कडा नियम बनाउनुपर्ने हुन्छ । नकी आफै कुटनीतिक मर्यादा कुल्चने ।

साेमवार नै उपराष्ट्रपति नन्दबहादुर पुनसंग पनि पुरीले भेट गरे । तर यसबारे परराष्ट्र मन्त्रालय बेखबर छ । मन्त्रालयलाई नै थाहा नभएपछि भेटमा परराष्ट्रका प्रतिनिधिको उपस्थित रहने कुरै भएन ।

यसलाई रोक्ने सरकारको काम हो । राजनीतिक स्थिरता र आर्थिक विकासको नारा दिएर चुनावमा बहुमत ल्याएर बनेको वाम गठबन्धनको सरकारले गरिरहेका कुटनीतिक हर्कत पटक्कै सुहाएको देखिदैन् ।

जनताको ठुलो आशा बोकेको र राष्ट्रवादी नेताको उपमा पाएको केपी शर्मा ओली नेतृत्वको सरकारले त झन राष्ट्रियता, राष्ट्रिय स्वाभिमान तथा सार्वभौम राष्ट्रको मर्मलाई बिशेष ख्याल गर्नुपर्छ । अन्यथा जनता जर्नादन भएकाले विश्वास र भरोसा उल्टिन सक्ने चेत हुनु आवश्यक छ ।

सम्बन्धित सामग्री