सोमबार, ७ साउन, २०७५

कारोबार सुस्ताएको बेला घरजग्गा मेला

रघुनाथ बजगाँई

अहिले घर जग्गा किन्न सक्ने अवस्था कहाँ छ र ? महंगी अकासियो केहि छोईसक्नु छैन् । जग्गाको मुल्य त एकाएक कहाँ पुग्यो कहाँ ….. यी हुन काठमाडौँको भृकुटीमण्डपमा जारी घर, अपार्ट वा यस सम्बन्धी जानकारी दिने उदेश्यले आयोजित मेलामा भेटिएका धदिङ्का दिपेश कार्की ।

मेला निक्कै झकिझकाउ देखिन्छ । घर जग्गाका नक्साहरुलाई बडो आर्कषित ढङ्गले सजाइएको छ । मेला अवलोकनका लागि पुगेकाहरु पनि झुण्ड झुण्डमा देखिन्छन् ।

यस्तैमा भेटिएका धदिङ्का कार्कीले साउथिन ग्रीन हाउजीङ कम्पनीको हाते झोला र सिभिल्स होम्सका घर तथा अपार्टमेन्टका नक्साहरु भएका ब्रोसर बोकेका थिए ।

स्तम्भकारले सोधे,मेला घुमि भ्याउनु भो ?

भ्याएँ

अनि कस्तो लाग्यो त ?

राम्रै छ, रङ्गिचङ्गी छ, देखिहाल्नु भयो होला …….

भनेपछि, केहि खरिद गर्नुभएन ?

गरिन

किँन त ?

यसो घुमौ भनेर आएको हो । हामी जस्तो मध्यम बर्गीय मान्छेले खरिद गर्न सक्ने भेटिएन त्यसैले हो भाई ….

मेलामा सबै घुम्नै भनेर आएका त पक्कै होईनन होला भन्ने लाग्दैथियो ।

यस्तैमा काठमाडौँ नैकापका दिपेन्द्र थापा मगर भेटिए । मगरको हातमा बिभिन्न कम्पनीका ब्रोसरहरु र एक मिटर लामो पाईपको टुक्रा थियो ।
स्तम्भकारले सोधे, पाईप खरिद गर्न लाग्नुभएको ?

यसो हेरौँ भनेर,……

सानो टुक्रा हातमा देखेर सोधेको …

ठिकै छ, जगदम्बा स्टिलको पाइप हो यो । अर्डर दिएर हिँडेको …..

मेलामा विभिन्न विद्युतीय सरसामानहरु, फर्निचर, पाईप, पेन्ट्स, सवारी साधन, सजावटका सामानको बारेमा जानकारी लिन र किन्न पाइने सुविधा छ । बीमा, बैंकिङ्ग तथा वास्तुकला ब्यवसायमा संलग्न ब्यवसायीहरुले पनि आ–आफ्ना उत्पादनहरु प्रदर्शनमा राखेका छन् ।

विभिन्न हाउजिङ कम्पनीका घर तथा अपार्टमेन्ट, घर बनाउन चाहिने निर्माण सामाग्री, इन्टेरियर डिजाइन तथा फाइनान्सको सुविधाबारे जानकारी दिने र लिनेहरुको उपस्थिति बाक्लै थियो ।

लग्दैथियो मेलामा राम्रै ब्यापार भएको रहेछ ।

सिधै सूचना डेस्कमा पुगेर अवलोकन कर्ताको संख्या माग गर्दा एकिन तथ्याङ्क नभएको जवाफ दिइयो ।

किँन भनेर जिज्ञासा राख्दा नेपाल जग्गा तथा आवास, विकास संघका शाखा अधिकृतलाई भेट्न भनियो ।

शाखा अधिकृतलाई आधा घण्टापछि भेट भयो ।

उनले पनि यकिन तथ्याङ्क तयार गरिनसकेको तर २० देखि २५ हजारले अवलोकन गरे होलान भन्ने जवाफ दिए । यस पटकको मेलामा ६० हजार भन्दा बढीले अवलोकन गर्ने विश्वास लिइएको पनि सुनाए ।

सूचना डेस्क के का लागि त ? अवलोकनकर्ताहरुको समेत यकिन तथ्याङ्क छैन भनेपछि कसको अकर्षण कतातिर रह्यो भन्ने थाहा पनि छैन होला भन्ने अर्को प्रश्नमा उनले सबै कम्पनीहरुले नै हेरिरहेको जवाफ फर्काए ।

यतिबेला सम्म सूचना व्यवस्थित गरिएको रहेनछ भन्ने प्रष्ट भइसकेको थियो ।

त्यसपछि स्तम्भकार बिभिन्न कम्पनीका स्टलहरुमा पुगे । कसैले पनि हामीसंग यति नै संख्यामा अवलोकनकर्ताहरुले सोधपुछ गरे भन्ने तथ्याङक दिएनन । उपत्यका विकास प्राधिकरण, जगदम्बा, अन्नपुर्ण, पद्मा कोलोनी कुनैले पनि यति जनासंग विजनेश डिल भयो भन्ने तथ्याङ दिएनन वा राखेका रहेनछन् ।

अन्नपुर्ण बिल्डिङ कम्पनीका कम्पनी म्यानेजर तारा बहादुर गुरुङ्ले तीन दिनमा आफुहरुको कुनै ब्यापार नभएको तर ब्रान्डको भने राम्रो विज्ञापन भएको बताए ।

मेलामा क्लासिक डेभलपमेन्टले ७५ लाख रुपैयाँदेखि १ करोड ५४ लाख रुपैयाँसम्मका अपार्टमेन्ट विक्रीमा राखेको छ ।

डाउन टाउनले ५४ लाख रुपैयाँदेखि १ करोड १८ लाख रुपैयाँसम्मका अपार्टमेन्ट र वि–स्टार रेजिडेन्सीले ९५ लाख रुपैयाँदेखि २ करोड ५५ लाख रुपैयाँसम्ममका अपार्टमेन्ट विक्रिमा राखेका छन् ।

भैँसेपाटी भिल्लाले कोलोनी हाउसहरु २ करोड ७५ लाख रुपैयाँदेखि ३ करोड ५० लाख रुपैयाँसम्ममा विक्री गरिरहेको छ । यस्तो घर किन्नेले बुकिङमा १० प्रतिशत रकम बुझाउनु पर्नेछ भने बाँकी ९० प्रतिशत रकम बुकिङको ३० दिनभित्रमा तिर्नुपर्छ । आफूसँग घर किन्न पैसा नभएर ५० प्रतिशतसम्म बैंक ऋण पनि पाइनेछ ।
पद्मा कोलोनीले सितापाइलामा बनाएका घरहरु १ करोड ५९ लाख रुपैयाँदेखि ३ करोड १० लाख रुपैयाँसम्ममा पाइन्छ । पद्माले ३ तल्लासम्मको घर बनाएर बेचिरहेको छ ।
ग्रीनहिल सिटिले २ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्ममा कोलोनी हाउसहरु बेच्दै आएको छ । कम्पनीले मुलपानीमा रहेको कोलोनी हाउसका लागि बुकिङ खुल्ला गरेको छ ।
सिभिल्स होम्सले ललितपुरको धापाखेलमा निर्माणाधीन १ बेडरुमको अपार्टमेन्ट ३७ लाख रुपैयाँ बिक्री गर्ने भएको छ ।

ललितपुर धापाखेलमै रहेको डाउनटाउन अपार्टमेन्टले पनि १ बेडरुमको अपार्टमेन्ट ५८ लाख रुपैयाँमा बिक्रिका लागि राखेको छ ।

रोडशो रियल स्टेटले बुढानिलकण्ठमा एक बेडरुमको अपार्टमेन्ट ७७ लाख रुपैयाँमा बिक्री गर्ने जनाएको छ । सातदोबाटो ललितपुरमा रहेको क्लासिक टावरले २ बेडरुमको अपार्टमेन्ट ८२ लाख रुपैयाँदेखि विक्रिका लागि राखेको छ ।

ललितपुरको चापागाउँमा रहेको साउथिन ग्रीन हाउजीङमा ढाइ आनामा बनेका घर ९५ लाख रुपैयाँमै किन्न पाइने भनिएको छ ।

मेला अवधिभर विशेष प्याकेज ल्याउँदै ९५ लाख रुपैयाँ देखि ५ आनामा बनेको घर एक करोड ७५ लाख रुपैयाँ सम्ममा बिक्रीका लागि राखेको छ ।
मेला अवधीमा जग्गा किन्न चाहनेलाई आइएमएस डेभ्लोपर्सले ९ लाख रुपैयाँ प्रति आनामा प्लानिङका घडेरी बिक्री गरिरहेको छ ।

तर खरिद गर्ने भन्दा जानकारी दिनेहरु नै बढि रहेको आफुले पाएको उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत ध्रुव सापकोटाले बताए ।

सम्बन्धित सामग्री