मंगलबार, ५ भदौ, २०७५

मिडियामा कन्फ्यूज !

लेखक : रघुनाथ बजगाँई

मिडियाले पब्लिकलाई कन्फ्यूज गरेका छन् । तथ्य बंग्याएका छन्, पाठकलाई अल्झाएका छन् ।

पाठक पनि उस्तै, एउटै बिषय वा प्रसंगमा गाली र ताली दुबै संगै बर्साउँछन्, तर जति धेरै हेय भाव देखाए पनि सूचना पाउन र धारणा बनाउन मिडियाकै भर पर्ने नेपाली बौद्धिकहरुको संख्या निक्कै ठूलो छ । विस्तारै विस्तारै विधागत पत्रकारितालाई जोड दिन थालेका नेपाली मिडियाले अहिलेसम्म कन्फ्यूज मात्रै खडा गरिरहेका छन् ? या त्यो दिशातर्फ उन्मुख भएका हुन् ?

निर्वाचनमा सञ्चारकर्मीहरुलाई नेताको भन्दा बढी चुनाब लाग्यो भनेर निक्कै आलोचना भयो, केही पत्रकार जनप्रतिनिधिकै रुपमा निर्वाचित भएर काम गरिरहेका छन । आफ्नो पेशागत आचारसंहितालाई बिर्सेर पार्टी (दल) मुखी भएका पत्रकारले सामाजिक सञ्जाल फेसबुकका भित्ताहरु रङ्गयाउँदा सहि सूचना पाउने जनताको आकांक्षामा कुठाराघात गर्छ गर्यो नै । निर्वाचनको ह्याङ् सकिन नपाउँदै दलिय पत्रकारहरु सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा कम्युनिष्ट एकताबारे आ–आफूले बिचार बोकेका पार्टीहरु विशेषगरि तत्कालिन एमाले र माओवादी केन्द्रको ब्यापक समर्थनमा जुटे ।

रोजीरोटीकै लागि कसैको पक्षपोषणमा प्रस्तुत हुनैपर्छ भन्नेहरुका निम्ति वा समाजलाई रनभुल्लमा पार्ने निहित स्वार्थ राखेर मिडिया चलाउनेहरुविरुद्ध क्रमभंगताको खाँचो छ ।

कुन पत्रकार कुन कम्युनिष्ट पार्टीसंग आबद्ध रहेर कलम चलाइरहेको छ भन्ने कुरा स्पष्ट बुझिन्थ्यो । पछिल्लो कम्युनिष्ट एकतामा सहभागी नभएका दल तथा नेपाली कांग्रेसको विचार बोकेकाहरुकै कारणले पत्रकारहरु बीचमा दोहोरी चलिरह्यो । एकता हुन्छ, जसरी पनि गर्नुपर्छ, सबै मिलिसक्यो, अब टुटिसक्यो, अध्यक्ष को ? हैसियत के ? यस्ता बिषय समाचारकै रुपमा पत्रिकाका ठूला ठूला हेडलाईन बनिरह्यो । टेलिभिजन, रेडियोका मुख्य समाचार बनिरहे ।

अनलाईनका ब्यानर सज्जीरहे । फलत, औपचारिक रुपमै जेठ ३ गते पार्टी एकता घोषणा भएको समाचार बाचन गर्ने स्वमं लेखकले हावा पत्रकारको बिल्ला भिर्नुपर्याे । जेठ ३ गते बेलुका ८ बजेको समाचार बुलेटिन सकेर डेरा जाँदै थिएँ, काठमाडौँ नैकाप स्थित मंगलदय माविका एक जना शिक्षकले फोन गरेर भने ‘के हावा हावा समाचार पढेको, पार्टी एकता भैसक्या हो त ?’ तुरुन्तै प्रति प्रश्न गरेँ, पुरै समाचार सुन्नु भएको हो ? जवाफ फर्काए, हैन अन्तिम हेडलाईन सुनेको … ।

पाँच महिनासम्म तलब नदिने एक जना मिडिया मालिकले भने, मेरोमा मात्रै काम गरेर को (पत्रकार) बाँचेको छ र ?

नेपालमा सबैभन्दा धेरै कलम चलाउने पत्रकार कुन बिधामा छन् भनियो भने, त्यो हो ‘राजनीति’ तर किन यस्तो हुन्छ ? जेठ दुई गतेको राष्ट्रिय दैनिक पत्रिकाहरुका मुख्य पृष्ठ, रेडियो, टेलिभिजनका राजनीतिक समाचार, ठूला र चल्तिका भनिएका अनलाईनका समाचारहरु मात्रै हेर्ने हो भने प्रष्ट हुन्छ कि नेपाली पत्रकार र मिडियाले के सम्म थाहा पाउँदो रहेछ ।

यो आलेखमा भन्न खोजीएको यो होईन कि, राजनीतिलाई बिट बनाएर काम गर्ने पत्रकारहरु ठिक छैनन् वा ति सबै दलीय पत्रकारिता गरिरहेका छन् वा यिनले कुनै तथ्य स्रोतबाट सत्य समाचार लेख्न सकेका छैनन् । सत्य के चाँही हो भने अतिथि वा पात्रको प्रवक्ता जस्तो नै भएर किन नहोस नेपाली पत्रकारितामा राजनीतिक चिरफार गर्ने प्रयास मज्जैले भइरहेको छ, यो कति गहिराईसम्म पुगेको छ गम्भिर अध्ययनको विषय बन्न पुगेको छ ।

पत्रकार र लेखकहरुको दलिय संलग्नताले राजनीतिक चिरफार भनिएका सामाग्रीको विश्वसनियता र विश्लेषणमा धेरै नै नकारात्मक प्रभाव परेको बरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक युवराज घिमिरे दावी गर्छन् । ‘तर कुन र कस्तो मिडिया हो त्यसमा भर पर्छ, र त्यसैका आधारमा सबैलाई नाप्न मिल्दैन‘ घिमिरेले भने ‘पक्का हो नेपाली सञ्चारमाध्यममा हुने गरेका राजनीतिक चिरफारमा थप अध्ययन र अनुसन्धानको कमि रहेका थुप्रै उदाहरण छन् ।’ राजनीतिक चिरफार गर्नुमात्रै पनि त स्वस्थ पत्रकारिता होइन यसमा देशका सबै पक्ष र क्षेत्रलाई समेट्न सक्नुपर्दछ । अन्य सामाजिक, आर्थिक विषयहरु पनि छन् । शासन र सत्तालाई असल शासन र जनमुखि बाटोमा डोर्याउने अभिभारा पनि पत्रकारिता क्षेत्रको काँधमा छ भन्ने बुझ्नुपर्छ ।’

एउटै पत्रकार ब्यापारी, एनजिओ र आइएनजिओकर्मी, सरकारी वा अर्ध सरकारी निकायको प्रतिनिधि, शिक्षक जस्ता पेशामा आवद्ध हुन्छन् । पत्रकारहरु दिनप्रतिदिन कुटिएका समाचार आइरहेका छन । यो पनि बहुपेशा र पार्टीमुखीकै कारण भएको हो ।

बिहानै छ बजेको समाचारमा रेडियो टेलिभिजनले कोकोकोला खाउँ, चाउचाउ खाउँ भन्ने विज्ञापन नबजाए पनि हुन्थ्यो कि !

पत्रकारलाई जागीर दिने मिडिया मालिकलाई पनि बहुपेशावाला पत्रकार निक्कै प्यारो लाग्दो रहेछ । पाँच महिनासम्म तलब नदिने एक जना मिडिया मालिकले भने, मेरोमा मात्रै काम गरेर को (पत्रकार) बाँचेको छ र ? ति मालिकले भनेको पनि ठिकै हो, यहाँ त्यहि व्यक्ति हो जो, कहिले पत्रकार भएर सार्वजनिक कार्यक्रममा बोल्छ, कहिल्यै वकिल भएर बारको चुनाबमा पनि सहभागी हुन्छ, कहिल्यै राजनीतिक दलको चुनाबमा उठ्छ, कहिल्यै आन्दोलनकारीसंग नै मिलेर तोडफोड जस्ता कार्यमा संलग्न हुन्छ, पत्रकारका हक हितमा भाषण दिन पनि कहिल्यै पछि पर्दैन र यस्ता पत्रकारले कहिल्यै समाचार लेख्दैन, किनकी उ मिडिया संचालक÷मालिक र पत्रकार दुबै हो ।

एक दिन सिंहदरबार परिसरमा पत्रकारका नेताहरुसंग पंक्तिकार गफिदै थिए । एउटाले भन्यो, हैन अब त अनलाइनहरु धमाधम बन्द हुन थाले । देशमा संक्रमणकाल अन्त्य भएपछि मिडिया आफैँ व्यवस्थित बन्न खोज्दो रैछ । अर्कोले थप्यो कहाँ यार, हामीलाई त गाह्रो परिसक्यो, धन्न अहिलेसम्म पार्टीले हेरिराख्या छ नत्र .., विज्ञापनले मात्रै कहाँ धान्नु ।

पत्रकारिता ऐना होईन क्यामेरा हो । कुन ठाउँतिर क्यामेरा फर्काउने वा नफर्काउने ? भन्ने निर्णय पत्रकार वा सम्पादकले गरिरहेको हुन्छ ।

पत्रकारिता आफैंमा बौद्धिक पेशा हो । तर यहि कारण आज पत्रकारिता भन्नासाथ नाक खुम्च्याइनुपर्ने अवस्था आईसकेको छ । पत्रकार बन्नका लागि न्युनतम योग्यता तोक्ने अथवा योग्यता परीक्षा लिनुपर्ने आवश्यकताको अनुभूति पनि यस्तै प्रवृतिबाट भएको हो । सानो स्वार्थका लागि कसैलाई धुरी चढाइदिने वा सानो रिसिबीका कारण कसैको हुर्मतै लिने जस्ता समाचारजन्य सामाग्री यस्तै पार्टीको पैसा लिनहरुले गर्ने हो । किनकी नूनको सोझो गर्नुपर्छ भन्ने आम मान्यता नै छ । पार्टीको सिद्धान्तको प्रचार गनप¥र्यो । नेताको चाकडी गर्नै पर्यो । उसका भएका नभएका सकारात्मक पक्षको वकालत गर्नै प¥यो, अनि मिडियााले पाठकलाई ‘कन्फ्यूज’ नगराएर के गराउँछ त ?

मिडियाले पाठकलाई राजनीतिमा मात्र गराएको कन्फ्यूज भनियो भने अर्को ठूलो भुल हुन्छ । विज्ञापनहरु समाचारका रुपमा सम्प्रेषण भइरहेकै छन् । बागलुङमा रहेर पत्रकारिता गरिरहेका नुवाकोटका पत्रकार सुजन प्रेमी फेसबुकमा लेख्छन्, ‘बिहानै छ बजेको समाचारमा रेडियो टेलिभिजनले कोकोकोला खाउँ, चाउचाउ खाउँ भन्ने विज्ञापन नबजाए पनि हुन्थ्यो कि, त्यो पनि आधा घण्टाको समाचारमा चार पटक गरेर १५ मिनेट त विज्ञापन मात्रै आउँछ, समाचारका नाममा कमाउ धन्दा मात्रै त नगरौँ न’ अशल शासन, स्वस्थ र समुन्नत समाज र राष्ट्रको विकास र समृद्धिका लागि स्वस्थ खोजी र निष्पक्ष पत्रकारिता आवश्यक हुन्छ । पत्रकारले सामाजिक, सांस्कृतिक पक्षमा जोड, भ्रष्टाचारविरुद्ध सचेतना, बौद्धिकता जस्ता क्षेत्रमा स्वतन्त्र भएर कलम चलाउन पाउनुपर्छ र अपरिहार्य हुन्छ ।

समाजलाई सही ढंगले सञ्चालन गर्नको लागि पत्रकारको भुमिका अहम रहन्छ । समाजले पत्रकारिताबाट सत्य सूचना, स्वस्थ आलोचनाको अपेक्षा गरिरहेको हुन्छ ।

राजनीतिक रुपमा हरेक क्षेत्रमा जरा गाडेर बसेको व्याप्त भ्रष्टाचार निर्मुल पार्न, मानवअधिकारबारे जनतालाई सुसुचित तुल्याउन, शासन र सत्तालाई असल शासन र जनमुखि बाटोमा डो¥याउन भुमिका खेल्न सक्नुपर्छ । तोकिएको आफ्नो वैधानिक सीमा र क्षेत्रबाट बिमुख भएर समाजमा भ्रम फैलाउन खोज्नेलाई नयाँ पुस्ताका पत्रकारले रिप्लेस गर्नेमा पुर्णत विश्वास राख्नुपर्छ ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागमा स्नात्तोकतर गरिरहेका बसन्त अर्याल सामाजीक सञ्जालदेखि ब्लग समेत वैकल्पिक सञ्चारमाधयमका रुपमा समाजमा स्थापीत भइसकेकाले अब विगतमा जस्तो कुनै पनि सम्पादकले रिर्पोटरको बिचार वा समाचार पुर्णत रोक्न नसक्ने भएकाले आउँदै गरेको पत्रकारका पुस्ताले सहजरुपमा पत्रकारितालाई सङ्ल्याउने विश्वास राख्छन् ।

समाजका सबै गतिविधिलाई सुचना मार्फत जनतालाई सुसुचित गराउने भएकाले नै पत्रकारितालाई कतिपयले समाजको ऐना भनेर अर्थाउने गरेका छन् । तर बरिष्ठ पत्रकार विजयकुमार पत्रकारितलाई ऐना कै रुपमा लिनु हुन्न भन्ने तर्क गर्छन । ‘पत्रकारिता रिर्पोटिङको पाटो समाजको ऐना होईन । ऐनामा त्यो सब देखिन्छ जो ऐनाको अगाडि हुन्छ । ऐना भनेको ‘समिक्षाभाव’ को प्रतिक हो । ऐनाको आफ्नो कुनै नीजि चयन हुँदैन । त्यसकारण पत्रकारिता ऐना होईन क्यामेरा हो । कुन ठाउँतिर क्यामेरा फर्काउने वा नफर्काउने ? भन्ने निर्णय पत्रकार वा सम्पादकले गरिरहेको हुन्छ ।’

यसर्थ पनि समाजलाई सही ढंगले सञ्चालन गर्नको लागि पत्रकारको भुमिका अहम रहन्छ । समाजले पत्रकारिताबाट सत्य सूचना, स्वस्थ आलोचनाको अपेक्षा गरिरहेको हुन्छ । यो बुझ्दा बुझ्दै रोजीरोटीकै लागि कसैको पक्षपोषणमा प्रस्तुत हुनैपर्छ भन्नेहरुका निम्ति वा समाजलाई रनभुल्लमा पार्ने निहित स्वार्थ राखेर मिडिया चलाउनेहरुविरुद्ध क्रमभंगताको खाँचो छ ।  –प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन २०७५ असारमा पकाशित । 

raghunathbajagain@gmail.com

सम्बन्धित सामग्री