मंगलबार, २६ कार्तिक, २०७६

अफगानिस्तानमा सुरक्षा कारबाही, थप ५० लडाकू मारिए

अफगानिस्तान, २ चैत । अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा ५० जना तालिवानी लडाकू मारिएका छन् । देशको बाडघिस प्रान्तमा पर्ने बाला मुर्घाब जिल्लामा गत चौबीस घण्टामा भएका घटनामा परी उनीहरु मारिएको अधिकारीहरुले शनिबार जनाएका छन् ।

सरकारी पक्षले जारी गरेको वक्तव्यका अनुसार उनीहरुले लडाकूका आश्रयस्थल तोडफोड गरिदिएका छन् ।

घटनाका बारेमा सरकारी पक्षले विस्तृत विवरण दिएको छैन भने तालिबान लडाकूका तर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन ।

सम्बन्धित सामग्री