बुधबार, ६ कार्तिक, २०७६

बामदेव गौतमलाई पनि डेंगु

काठमाडौं,भदौ २४ ।  बिभिन्न जिल्लामा डेंगुको संक्रमण फैलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ ।

उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए । शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए ।

केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।

सम्बन्धित सामग्री