बुधबार, ६ कार्तिक, २०७६

इरानी महिलाले पनि फुटबल हेर्न पाउने

काठमाडौं । इरानी महिलाहरुले पनि फुटबल हेर्न पाउने भएका छन् । त्यसका लागि फिफाले पहल गरेको छ । आगामी महिनादेखि इरानमा विश्वकप छनोट खेल शुरू हुँर्दैछ । उक्त फुटबल महिलाले पनि हेर्न पाउनुपर्छ भन्दै एक इरानी महिलाले आत्महत्या गरेकी छन् ।
महिलाले पनि फुटबल हेर्न पाउनुपर्छ भन्र्दै आत्महत्या गरर्ने इरानी महिलाको नाम हो– सहर खोदायारी । उनलाई ब्लू गर्ल पनि भन्ने गरिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

इरानमा महिलाहरूलाई रङ्गशाला जान प्रतिबन्ध छ । रंगशाला पुरुष मात्रै जान पाउने महिला किँन जान नपाउने भन्दै ब्लू गर्ल नामकी ति महिला पुरुषको भेष धारण गरिन र रंगशाला छिरिन ।
तर, उनी महिला नै भएको थाहा पाएपछि प्रहरीले पक्राउ गर्यो । पक्राउ परेकी ति महिला एकदमै डराइन । र प्रहरी कार्यलय छेउमै रहेर आफ्नो जीउमा आफैँ आगो लगाइन् । उनको शमिा लागेको आगो तुरुन्तै निभाउने प्रयास भयो । अस्पताल लगियो तर, एक हप्ता भन्दा उनी बाच्न सकिनन् ।

विश्वको ध्यान केन्द्रीत

ति महिलाको मृतयु भएको विषयमा विश्व समुदायको ध्यान केन्द्रीत हुन पुग्यो । विश्वका धेरै देशमा महिलाले राज्यसत्ता सम्हालिरहेका छन् । तर, इरानकी एक महिलाले फुटबल हेर्नर्क निम्ति आफ्नो प्राण त्याग्न पुगेको विषयलाई इरानको बिपक्षमा विश्व समुदायबाट चर्को आलोचना खेप्नु परिरहेको छ । इरानमा महिलालाई रंगशाला नै जान प्रतिबन्ध । यस्तो पनि हुन्छ ? भन्दै महिलासँग सम्बन्धित संघसंस्था र मानवअधिकारबादीहरुले इरानी सरकारको ध्यानाकर्षण गरे ।
इरानी सरकारलाई महिलालाई पनि फुटबल हेर्न दिन फिफाले पनि बहल गर्यो र यो सकारात्मक परिणाम उन्मुख रहेको बताइएको छ । इरानी सरकारले औपचारिक रुपमा इरानी महिलालाई फुटबल हेर्न दिने भनेको छैन् ।

घटनापछि फिफाले समेत आलोचना खेप्नुपर्यो । आफ्नो समेत आलोचना भएपछि फिफा स्वमंले औपचारिक रुपमै इरानमा महिलालाई फुटबल प्रतियोगिता हेर्न अनुमति पाउने जनाएको छ। फिफाका अध्यक्ष जानी इन्फान्टिनोले इरानमा हुने विश्वकपमा महिलालाई फुटबल हेर्न दिइने बताएका हुन् ।

सम्बन्धित सामग्री