को हुन आईजीपी ज्ञवाली ? ‘लो प्रोफाइल’ का भाग्यमानी !

epkuser पब्लिक खबर टिभी , मुख्य समाचार , विविध समाचार , February 11th, 2020

२८ माघ, काठमाडौं । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।

को हुन आईजीपी ठाकुर ज्ञवाली ?

प्युठानको साविक बादीकोट गाविस हालको झिम्रुक गाउँपालिका–१० मा जन्मिएका ठाकुर मध्यमवर्गीय परिवारमा हुर्किए । स्थानीय मच्छी माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका उनी स्नातक तहको अध्ययन सकेर प्रहरीमा भर्ना भएका थिए ।

कीर्तिपुर क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दैगर्दा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० मा भर्ना खुलेको सुनेपछि उनले आवेदन भरेका थिए । परीक्षा दिए, वैकल्पिकमा नाम निस्कियो । केही समयको पर्खाइपछि २७ असार २०४७ सालबाट उनले विधिवत् रुपमा सुरक्षा फौजमा प्रवेश गर्ने मौका पाए ।

जागिरसँगै पढाइलाई निरन्तरता दिँदै उनले राजनीतिशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरे । पछि ज्ञवालीको परिवार पनि प्युठानबाट बसाइँ बसेर दाङमा झर्‍यो ।

द्वन्द्वकालका बेला प्रहरी निरीक्षक हुँदा उनले रुकुममा बसेर दुईपटक काम गरे । सेवा प्रवेशको ११ वर्षपछि प्रहरी नायव उपरीक्षक ९डीएसपी० मा बढुवा भए । डीएसपी हुँदा बुटवल, अपराध महाशाखा लगायतमा रहेर कार्यसम्पादन गरे ।

प्रहरी उपरीक्षक एसपी का रुपमा उनले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखासहित दाङ, बारा र झापा जिल्लाको कुशल नेतृत्व गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेर पनि काम गरेको अनुभव ज्ञवालीसँग छ ।

प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मा बढुवा भएपछि ज्ञवालीले केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० सहित प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगञ्ज तालिम केन्द्रमा काम गरे । संयुक्त राष्ट्र संघबाट शान्ति स्थापनार्थ उनी एकपटक एफपीयू ९यूएन फम्ड पुलिस युनिट० र दुईपटक अनपोल मिसनमा सहभागी भएका छन् ।

यो अवधिमा उनी कुनै विवादमा परेनन् । त्यसो त कमाण्ड सम्हालेका बेला कुनै घटना वा अनुसन्धान त्यति चर्चामा पनि आएन । जति घटना भए, सफल अनुसन्धान गरिए । त्यसैले उनलाई संगठनमा ‘लो–प्रोफाइल’ अधिकृतका रुपमा चिनिन्छि ।

‘लागूऔषध नियन्त्रण ब्युरोमा उनी मसँगै थिए’, अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘मेरो अनुभवमा उनी इमान्दार, नैतिकवान र आफ्नो कुरा प्रस्टसँग राख्न सक्ने अधिकृत हुन् ।’

कर्मचारीलाई भेदभाव गर्ने प्रवृत्ति पनि उनमा नरहेको ठकुरी सम्झन्छन् ।

परिवारका माइला छोरा ठाकुरका कान्छा भाइ श्यामलाल ज्ञवाली पनि अहिले प्रहरीमै छन् । उनी अहिले प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी का रुपमा महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।

प्रहरीमा वैकल्पिक समूह सधैं दोस्रो प्राथमिकतामा परेको अधिकृतहरु बताउँछन् । ज्ञवालीले भने पहिलोपटक वैकल्पिक टोलीबाट संगठन हाँक्ने अवसर पाएका छन् । तर, उनको यो कार्यकाल चुनौतिपूर्ण रहेको अधिकृतहरु बताउँछन् ।

भिडियो हेर्न यहाँ किल्क गर्नुहोस्