लकडाउनमा ध्यान गर्नुस् : भिनेत्री अदीति

epkuser मनोरञ्जन , मनोरञ्जन बिषेश , April 24th, 2020

काठमाडौं । ‘लकडाउन’को कारण अन्य कलाकार झै अभिनेत्री अदीति बुढाथोकी पनि घरमै सिमित भएकी छन् । निर्देशक सुरेन्द्र पौडेलको नयाँ फिल्म ‘बेन्जो’ अभिनयका लागि लकडाउन हुनु केही दिन अगाडि मुम्बईबाट काठमाडौ आएकी उनी सामाजिक संजालमा पनि निकै सक्रिय रहने गर्दछिन् ।

इन्स्टाग्राममा नांै लाख बढी फलोअर्स भएकी अदीतिले ‘हट एण्ड बोल्ट’ तस्बिर समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेकी छन् । यो कलडाउनको समय भने उनले घरभित्र र घरको छतमा खिचिएका तस्बिरहरु शेयर गरिरहेकी छन् । जुन तस्बिरमा उनी एकदम फिट देखिएकी छन् ।

उनी आफु मात्र फिट रहने होइन । सबैलाई समय वर्कआट गरेर फिट रहन सल्लाह समेत दिँदै आएकी छन् । उनले वर्कआउट तस्बिरका साथ लेखेकी छन् ‘घरमा हरेक दिन वर्कआउट गर्ने कोसिस गर्नुहोस् र फिट रहनुस् । म ध्यान गर्न पनि सल्लाह दिन्छु ।’

फिल्म ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी अदीतिले केही समयको अन्तरालपछि नेपाली फिल्म ‘बेन्जो’ गर्न लागेकी हुन् । मुम्बईमा भने उनले म्युजिक भिडियोसमेत अभिनय गरिरकेकी छन् ।