लकडाउको पालना गरि, आफु बचौ र अरुलाई पनि बचाउ

लकडाउनको पालना नै कोरोनाको उपचार हो

epkuser बिचार/विश्लेषण , विविध समाचार , May 31st, 2020

अमृत अधिकारी

विश्वमा पछिल्लो चरणमा महामारीको रूपमा फैलिएको कोरोना वा कोभिड –१९ चीन बाट उत्पत्ति भएतापनि विश्वका अधिकांस देशहरुमा यसबाट लाखौ व्यक्तिमा संक्रमण सगै मृत्युहुनेको संख्या पनि दिनप्रतिदिन उच्च भइरहेको छ।

त्यसको न्यूनीकरणका लागि प्रत्येक राष्ट्रले लकडाउनको अवधारणा लागू गरेको छ। नेपालपनि चीनको सिमानामा पर्ने राष्ट्र भएको कारण कोरोना रोग संक्रमणको जोखिममा छ । नेपालमा पनि कोरोना संक्रमित ब्यक्तिहरू प्रतिदिन उच्च हुँदै गइरहेको छ।


कोरोना संक्रमणका कारण नेपाल सरकारले लकडाउनको धारणालाई व्यवस्थित रूपमा ध्यानाकर्षण गर्न सकिरहेको छैन यसैगरी दिनप्रतिदिन भीडभाड तथा कोरोना परीक्षण कार्य कछुवाको चालमा चल्ने हो भने नेपालपनि कोरुना संक्रमणको पहिलो नम्बरमा देखिनु समय लाग्दैन यस्का निम्ति सरकारले लकडाउनको अवधारणालाई विशेष रुपमा पालाना गर्न सकिएन भने र जनता आफै सचेत नहुने हो भने नेपालको अस्तित्व पनि कोरोना महामारीमा जान सक्छ।

यस्का निम्ति नेपालकालागि लकडाउन व्यवस्थित रूपमा सफल पारी रोग महामारीबाट बच्न सकिन्छ ।

जनता आफैंले स्वयं आफू कसरी सुरक्षित रहने भन्ने मनसाय मनमा नआए सम्म नेपालमा कोरोना रोगको महामारी फैलिन पाउदैन ।

यहि तरिकाले चल्ने हो भने नेपाल पनि अमेरिकाको हालतमा पुग्न कुनै समय लाग्दैन ।

कोरोना एउटा यस्तो खतरनाक भाइरस हो जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ। यसका निम्ति केही मानिसहरुले लकडाउनको अवधारणालाई पालना गरे पनि कतिपयले मजाकको रुपमा लिने गरिएको पाइन्छ ।

नेपालका ग्रामिण भागमा तथा सहरका केहि क्षेत्रहरुमा मानिसको भीडभाड पहिलेको जस्तै देखिएको छ। जाड रक्सी खाने होहल्ला गर्ने परम्परा न्यूनीकरण भएको छैन यस्ता समस्याहरुलाई न्यूनीकरण गर्न सकिएन भने नेपालमा कोरोना उच्च गतिमा फैलिने सम्भावना देखिएको छ ।

छिमेकी राष्ट्र भारत बाट नेपाल प्रवेशमा पुर्ण रूपमा रोक लगाउनुका साथै सिमामा कडाइ गनुपर्ने देखिन्छ । अतिआवश्यक क्षेत्रहरुमा निश्चित समय अवधिमा मात्र उपयोग गर्न सक्यो भने महमारी बाट बच्न सकिन्छ।

लकडाउको पालना गरि, आफु पनि बचौ र अरुलाई पनि बचाउ ।

अमृत अधिकारी गजुरी ६ आदमघाट