विदेशमा रहेका आधा नेपालीको रोजगारी गुम्यो भने के हुन्छ ?

विप्लव अर्याल

नोवेल कोरोना अर्थात कोभिड–१९ सन् २०१९ नोभेम्वरबाट चीनको उहान प्रान्तबाट सुुरm भई हालसम्म विश्वका झन्डै २ सय १० राष्ट्रहरुमा फैलिसकेको छ ।

यसले १६ लाख भन्दा बढि मानिसहरु सँक्रमित भईसकेका छन् भने १ लाख भन्दा बढिको मृत्यु भईसकेको छ । जसमध्ये ३ लाख ६६ हजार भन्दा बढि निको भएका छन् ।

नेपालमा हालसम्म ९ जनामा सक्रमण देखिएको र १ व्यक्तिमा स्वास्थ्य लाभ भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ । कसैको मुत्यु भने भएको छैन ।

ज्वरो, खोकि, थकावट र सास फेर्न गाह्रो हुनु यसका प्रमुख लक्षण हुन । कतिमा रोगको लक्षण नै नदेखिनु अर्काे समस्या हो ।

एक ब्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सँग सक्रमण हुने भएकाले महामारीको रुप लिन लामो समय लागेन, यसलाई निर्मुल पार्न बिकसित राष्ट्रहरु निरन्तर अगाडि बढि रहिरहेका छन् ।

चीनमा यस रोगको रोकथाम भईसकेको र नयाँ संक्रमितको सख्या निकै कम हुदै गएको छ, हालै चीनले नछोइकन सामान डेलिभर गर्ने कार पनि बनाईसकेको छ ।

यस्तै स्पेन र इटालीमा पनि नयाँ संक्रमितको सख्या घट्दो क्रममा छ ।

नेपालमा सुरुवाति अवस्थामा नै कोरोना नदेखिनु हाम्रो लागि सुखद थियो । सहि निर्देशन, मनासय र सहि नेतृत्व नहुदा देश यस्तो विसम अवस्थाबाट गुज्रिरहदा भ्रष्टाचार जस्तो जघन्य अपराधका कुरा पनि आइरहेका छन् ।

राज्य सँयन्त्रबाट नै निर्देशित बचाउ खालको अपरिपक्व व्यवहारले जनमानसको मानसपटलमा पार्ने दुविधा, चिन्ता डर त्रास नै कोरोना भन्दा पनि ठुलो जोखिम हो । एक त गरिबीको चपेटाबाट माथि उठ्न नसकिरहदा यस्तो खालको व्यबहारले देशमा बाह्य तथा आन्तरिक हस्तक्षेप हुन्न भन्न सकिदैन । सधै बीर गोर्खालीको आडमात्र लिई नँयापुस्ताबाट कुनै पनि आर्थिक समृद्धि र सुसासनको बाटोमा अगाडि बढ्ने प्रयत्न नगर्दा अर्को जटिल समस्या उब्जिइरहेको छ ।

बिप्रेषणलाई मात्र देशको मेरुदण्ड बनाईराख्ने हो भने अहिलेको पुस्ता भबिष्यमा सम्झिन,गर्व गर्न लायक हुने छैन्न ।

नेपाल अतिकम बिकसित राष्ट्रबाट सन् २०२२ सम्म बिकसित राष्ट्रहरुको सुचिमा माथि उकासिने प्रयास गर्दे गर्दा यसले पार्ने असरहरु किटान गर्ने मुश्किल छ ।

हालको अवस्थामा छिमेकी राष्ट्र भारत भन्दा झण्डै आधाको कुल ग्राहस्थ उत्पादन भइरहेको अवस्थामा यस महामारीले अझै कति अप्ठयारो परिस्थिति उजागर गर्ने हो त्यो देख्न बाकीँ नै छ ।

बिभिन्न अनुसन्धानले नियाल्दा नेपालमा भोकमरीको समस्या जटिल हुने देखिन्छ । कृषि प्रधान देशको नारा लगाएर हिड्दैमा, प्रत्येक बर्ष कृषि दिवस मनाउदैमा देशमा कृषिमा आमुल परिर्वतन गर्न मुस्किल छ । २१ औ शताब्दीको मध्यतिर आईपुग्न लाग्दा पनि परम्परागत तरिकाको प्रयोग हुनु र नया कृत्रिम ढाँचाको प्रयोग नहुनु भनेको कृषिको नाममा कृषकहरुसँग गरिएको खिल्ली,राज्यसँरचनाको ढुकुटी दोहन भन्दा माथि केहि हुन सक्दैन ।

बिश्व अर्थतन्त्रमा पारेको असरबाट नेपाल अछुतो रहन सक्दैन । हालको अवस्थामा पनि निर्यात भन्दा आयात चौ गुणा रहिआएको छ,यसले दोहोरो खालको असर गर्दैछ, प्रत्यक्ष अप्रत्यक्ष दुबै । सबै भन्दा प्रमुख असर पर्यटन क्षेत्रमा नै पर्ने छ । कोरोनाका कारण अधिकाँश औद्योगिक क्षेत्रहरु पनि बन्द नै छन;अझै कति दिन बन्द रहने भन्ने अनिश्चित छ । हिसाब नै गर्ने हो भने अर्बौ –अर्र्बको दैनिक नोक्सान भइरहेको छ ।

यस महामारीका कारण बिदेशिएका बहुसख्यक नेपालीहरुको रोजगार पनि धरापमा परेको छ ।

बैदेशिक रोजगारीमा रहेका आधा नेपालीको रोजगारी गुम्यो भने के हुन्छ ? यदि बैदेशिक रोजगारमा गएका आधा मात्रको रोजगार गुम्यो भने बिप्रेषण पनि आधाले घट्ने छ ।

घट्दो उत्पादन बेरोजगारी तथा रेमिट्यान्सले आर्थिक स्थिति सारै दयनीय हुनेछ तर यसको असर नेपालमा मात्र पर्ने होइन, यसले बिश्वका ठुला भन्ने राष्ट्रहरुको आर्थिक स्थिती पनि दयनिय नै हुनेछ ।
बरु अरु देशको तुलनामा नेपालको स्थिति केहि सहज हुनेछ; गाउ छोडि सहरमा बसोबास गर्दै आएता पनि गाउँमा सबैजसोको एउटा टुक्रा जग्गा अवस्य छ । बिश्वमा खाद्य सँकट र उत्पादनमा ह्रास आउने देखिएको छ । नेपालले सहि समयमा रणनिति बनाउन चुक्यो भने बिकराल अबस्था आउनबाट जोगिन सकिदैन ।

सबैको मुल निति राजनिति भएता पनि स्वाथ्य क्षेत्रलाई पछाडि राखि बिकासको परिकल्पना गर्न पनि सकिदैन । यस्ता महामारी फेरि पनि नआउलान, हामी जोगियौ भन्ने मनस्थिति अझै बनायौ भने समाप्तिको सँघारमा पुग्नेछौ,त्यसैले सबै ठाउबाट हातेमालो नभई स्वास्थ्य क्षेत्रमा बिकास गर्ने सकिदैन ।

हालसम्म पनि नेपाल कोभिड-१९ को दोस्रो चरणको लकडाउनमा छ । यस समयमा नागरिकहरुले सतर्कता देखाउदै गर्दा राज्यसयन्त्रबाट पनि सुशासनको पुर्णतः अबलम्बन गर्नु पर्दछ ।

लकडाउन पछि पर्यटन,ब्यापार र कृषि क्षेत्रलाई चाडो भन्दा चाडो चलायमान गर्दै सुरक्षित मुलुक चिनाउन राज्य निकाय देखि नागरिक सघसस्था सबैधानिक अङ्ग समेत अग्रसर हुनुपर्दछ ।

बैदेशिक रोजगारमा गएका युवाहरुलाई स्वदेश फर्काई ज्ञान–सिपको उचित सुनिश्चित्ता र अवसर प्रदान गर्नु पर्दछ ।

लेखक अर्याल आइओएमका जनस्वास्थ्यका विद्यार्थी हुन् ।

२९ चैत २०७६, शनिवार १४:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु